ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरण भन्छ,– ‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’


admin

काठमाडौं, २४ फागुन । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त रु यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन् । त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० र विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ । हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन । नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ ।नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तरराष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ । यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तरराष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको हो त भनी सोधिएको रासससँगको जिज्ञासामा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
“राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन् फेरि अहिले डब्लुएजओ र आइकाओले पनि उडान रोक्नु भनेको छैन त्यसैले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था छैन”, महानिर्देशक पोखरेलले भन्नुभयो । नेपालजस्तै अन्य मुलुकले पनि ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकलाई अन्तरराष्ट्रिय उडानमा नजान भनिसकेकाले स्वभाविकरुपमा अन्तरराष्ट्रिय उडानमा कटौती हुने उहाँको भनाइ छ ।
अहिले नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले भने आफ्ना सबै गन्तव्यमा नियमित उडान गरिरहेको छ । हिमालयले यात्रुको माग र बजारको आवश्यकताका आधारमा चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।

विदेशबाट नेपाल उडान भर्ने एयरलाइन्सले पनि यात्रु घटेपछि उडानमा भारी कटौती गरेको विमानस्थलले जनाएको छ । अहिलेसम्म साउदी अरब, कुबेत, अष्ट्रेलिया, मङ्गोलिया, इजरायललगायत मुलुकले भने अन्तरराष्ट्रिय उडानमा रोक लगाएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । तथापी पश्चिमी मुलुकले भने उडान रोकेका छैनन् । डिसेम्बर महिनाको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरमा देखापरेको कोरोना भाइरस इरान, दक्षिण, कोरिया, जापान, इटाली, अमेरिकालगायत मुलुकमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबारसम्म विश्वभर कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ । कोरोना भाइरस सङ्क्रमणबाट तीन हजार बढीको मृत्यु भएको जनाइएको छ ।

प्राधिकरणले हालै कोरोना अतिप्रभावित मुलुकमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन सरकारलाई सिफारिस गरेको थियो । ट्राभल एडभाइजरी जारी गरिसकेको सरकारले अति प्रभावित मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने यसअघि नै निर्णय गरिसकेको छ । अहिले मुलुकभित्र कोरोना भाइरसको सङ्क्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणले उल्लेख गरेको छ ।अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थमा आउने र जाने दुवै कक्षमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ । अन्तरराष्ट्रिय विमानस्थलको मापदण्डअनुरुप विमानस्थलमा नियमित स्वास्थ्य कक्षबाहेक अहिले स्वास्थ्य मन्त्रालयले छुट्टै विमानस्थलमा ‘हेल्थ डेस्क’ सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थको नियमित अन्तरराष्ट्रियतर्फ यात्रुको प्रस्थान र आगमन कक्षको नियमित हेल्थ डेस्क अलावा मन्त्रालयले पनि यात्रुको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरेको छ । कम्तीमा पाँच जना चिकित्सकले तीन सिफ्टमा काम गरिरहेको विमानस्थलले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले मन्त्रालयको समन्वयमा विमानस्थलमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरी प्रभावकारीरुपमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो । विमानस्थलमा यात्रुको ज्वरो नापिन्छ । कुनै यात्रुमा कुनै पनि किसिमको सङ्क्रमणको सङ्केत देखिएमा तत्कालै आपत्कालीन उद्धारका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । विमानस्थलको आन्तरिक उडानमा पनि यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com