ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्लाई झुक्याउने र भ्रममा पार्ने प्रतिवेदन तत्काल सच्याऊ– समिति


admin

काठमाडौं, २३ फागुन । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले झुठा प्रतिवेदन दिएर संसद्लाई भ्रममा पार्ने कोसिस गरेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रार कार्यालयलाई तत्काल प्रतिवेदन सच्याएर जानकारी पठाउन निर्देशन दिएको छ ।

शेयर खरिद–बिक्रीबारे कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको निर्णयका सम्बन्धमा संसद्लाई ढाकछोप गर्ने, भ्रममा पार्ने र झुक्याउने नियतले प्रतिवेदन दिने कोसिस भएको भनी सम्बन्धित अधिकारीलाई बोलाएर समितिले प्रतिवेदन सच्याउन निर्देशन दिएको सभापति रामनाराण बिडारीले जानकारी दिनुभयो । क्रेता र विक्रेता दुवैको उपस्थितिमा मात्र शेयरको खरिद बिक्री गर्नु/गराउनु भनी तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निजी सचिवालयको लेटरप्याडमा आदेशमार्फत कम्पनी रजिष्ट्रार कार्यालयलाई निर्देशन भएकोबारेमा परेको उजुरीका सम्बन्धमा समितिले जानकारी माग गरेको थियो ।

मन्त्रीको निजी सचिवालयबाट गएको उक्त आदेश कानूनविपरीत रहेको भनी समितिमा उजुरी परेको थियो । उजुरी परेपछि समितिले मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयबाट सुशासन ऐनअन्तर्गत रही मन्त्रीको आदेश कार्यान्वयन गरिएको जानकारी समितिलाई पठाएको थियो । त्यस बीचमा समितिले मन्त्री र सचिवसँग पनि छलफल गरी निजी सचिवालयको लेटरप्याडमा जारी गरेको आदेशलाई कानूनका रूपमा मान्न नसकिने जानकारी गराउँदै त्यसलाई सच्याउन सुझाव दिएको थियो । समितिले उक्त आदेशलाई प्रशासनिक हिसाबले मात्र होइन, प्रत्यायोजित विधायनको दृष्टिकोणबाट कार्यान्यन गर्न नमिल्ने जनाउ दिँदै आवश्यक भएमा ऐन संशोधनका लागि पठाउनु भनेको थियो ।

निर्देशन कार्यान्यन भयो÷भएन भनी गरेको ताकेतामा रजिष्ट्रारको कार्यालयले कम्पनी ऐनको दफा १६ अनुसार निर्देशिका बनाएर काम गरेको भनी भ्रम पार्ने ढङ्गबाट जानकारी प्रतिवेदन पठाएको भन्ने समितिले ठहर गरेपछि प्रतिवेदन सच्याउन निर्देशन दिएको हो । कम्पनी ऐन कम्पनी रजिष्ट्रारको कार्यालयलाई अभिलेख राख्ने मात्र अधिकार दिएको छ । यद्यपि, पूँजीबजारमा हुनसक्ने अनेकौँ विकृतिलाई निस्तेज तुल्याउन ठूलो परिमाणको शेयर खरिद बिक्रीमा क्रेता र विक्रेता दुवै उपस्थित हुनुपर्ने अभ्यास अघि बढाउन खोजिएको देखिन्छ । बनाउँदै नबनाएको निर्देशिकाका आधारमा काम गरेको भनी दिएको जानकारी प्रतिवेदन सच्याउन र सच्याएको जानकारी दिन सुझाव दिएको बताउँदै सभापति बिडारी भन्नुहुन्छ, समितिको निर्देशन पालना नभएको खण्डमा विशेषाधिकार लागू हुन्छ ।

पहिला मन्त्रीले तोकादेश भन्नेपछि निर्देशिका जारी गरेर काम गरिएको हो भनी पठाइएको प्रतिवेदन संसद्लाई झुक्याउने ढङ्गबाट आएको छ, त्यसलाई सच्याइउनुपर्छ, सभापति बिडारी भन्नुहुन्छ । समितिले मन्त्रालयका सहसचिव भूवनहरि अर्याल र कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार दाहाललाई बोलाएर उक्त निर्देशन दिएको हो । यसैबीच, कानूनका स्रोत नै उल्लेख नगरी प्रत्यायोजित विधायन बनेका, नियम, कानून र कार्यविधि, निर्देशिका सबै एकैपटक जारी गर्न सकिने भनी ऐनमै समावेश गरी ल्याउने घटना कतिपय प्रदेशमा कानून बनाउने क्रममा देखिएकोबारे पनि समितिले विज्ञसँग छलफल गरेको थियो । आर्थिक तथा प्रत्यायोजितसम्बन्धी टिप्पणी उपयुक्त ढङ्गबाट नआउने गरेको सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको ध्यानाकर्षण गर्ने निर्णय पनि समितिले गरेको छ ।

लामो समयसम्म नियमावली नबन्ने अवस्थाको अन्त्य गरी ९० दिनभित्र बनाई सक्नुपर्ने विषयमा समितिले कानून मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिले प्रत्यायोजित विधायनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा असल अभ्यास गरेका मुलुकबाट अनुभव लिएर बेग्लै ऐन तर्जुमाको तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com