काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षा गरेअनुसार नै सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि बिहीबार बिहान कालो चिया पिएका ओलीलाई दिउँसो पनि तरल पदार्थहरु खान दिइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।
बिहीबार अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थबारे जानकारी गराउँदै ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखियो। प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको छ।’ उहाले भन्नुभयो
प्राडा खड्गाले प्रधानमन्त्री ओलीको पछिल्ला सबै रिपोर्टहरु सामान्य अवस्थामा रहेको बताए। उनले प्रधानमन्त्रीलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको जानकारी दिनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदानगर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यस्थिति सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्