ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु


admin

काठमाडौं, २२ फागुन । अध्ययनको क्रममा अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर बुधबार पोखराका निकेस श्रेष्ठको मृत्यु भएको हो ।

फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका थिए। पौडीकै क्रममा उनलाई छालले बगाएको थियो। साथीहरुले खबर गरेपछि आएका उद्धारकर्मीले उनलाई समुन्द्रबाट निकालेको थियो। एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले समुन्द्रमा पौडीका क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी दिनुभयो ।खड्काले मृत्यु भएको थाहा पाउनासाथ क्विन्सल्यान्ड एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरिरहेको बताए। उहांले श्रेष्ठका बारेमा विस्तृत रुपमा बुझ्न काम भइरहेको बताउनुभयो।

श्रेष्ठको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com