काठमाडौं,१० मंसिर/ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाले निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमय रुपमा सफल बनाउन पनि आह्वान गर्नुभएको हो ।
संघिय गणतन्त्र स्थापना भएपछि पहिलो पटक प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आफनो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनले देशमा राजनीतिक स्थायीत्व आउने राष्ट्रपतिको विश्वास समेत रहेको छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको भन्दै उहाले सबै मतदातालाई मतदान गर्न आहवान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्