काठमाडौं, १७ फागुन । गोदावरीमा फागुन २१ गतेबाट शुरु हुने सप्ताह महायज्ञको प्रचारमा गोदावरीका युवाहरुले राष्ट्रिय झण्डा सहितको मोटरसाइकल ¥याली निकालेका छन् । गोदावरी नहरस्थित राममन्दिर परिसरमा बृद्धबृद्धा स्याहार केन्द्र निर्माणका लागि आयोजित श्रीमद् भागवत महायज्ञको प्रचारका लागि शनिबार गोदावरीका युवाहरुले मोटरसाइकल ¥याली को आयोजना गरेको यज्ञ मुल समारोह समितीका अध्यक्ष राज घिमिरेले बताए । गोदावरी ३ राममन्दिरबाट निस्केको ¥याली विशंखु नारायण मन्दिर,गोदामचौर,ठैव,झरुवाराशी मन्दिर, बज्रवाराही, चापागाँउ बडिखेल, टौखेल हुँदै गोदावरी पुगेर टुंगिएको थियो ।
¥यालीमा १५० वटा मोटरसाइकलसंगै गाडीसमेत रहेको थियो ।
फागुन २१ बुधबारबाट नहरमा भागवत महायज्ञ नारीरत्न विदुषि अनुराधा शाश्त्रीबाट संगीतमय प्रवचन शुरु हुँदैछ । १०८ श्रीमत् भागवत महायज्ञ संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको व्यवस्थापन रहनेछ ।जीवनको उत्तराद्र्धमा पुगेका बृद्ध बृद्धाहरुका दैनिक जीवन सहज बनाउन यस केन्द्र निर्माण गर्न लागिएको अध्यक्ष राज घिमिरेले बताए । यस केन्द्र स्थापनापश्चयात् विभिन्न संघ संस्थाहरुको सहयोगमा बृद्ध सम्मान, निःशुल्क स्वास्थ्य जाँच,मिष्ठान्न भोजन गराउने लक्ष्य रहेको घिमिरेले बताए । महायज्ञको उद्घाटन समारोहको निमन्त्रणा बृद्ध बृद्धाको हातबाट प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्