ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ– मन्त्री केसी


admin

काठमाडौं, १७ फागुन । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले साहित्यले समाजमा विद्यमान विकृतिको चिरफार गर्नुपर्ने बताउनुभएको छ ।

राप्ती साहित्य परिषद् रुकुमले आज मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरेको ‘साहित्य माला’ कार्यक्रममा उहाँले समाज रहेका समग्र विकृति र विसङ्गतिविरुद्ध साहित्य ओकेलिनुपर्ने बताउनुभयो । “साहित्य सभ्य समाज र असल संस्कृतिको द्योतक हो”, उहाँले भन्नुभयो, “यो वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ ।”

मन्त्री केसीले शक्तिशालीलाई पूजा गर्ने संस्कृतिबाट टाढा हुन आग्रह गर्दै युवापुस्ता सिर्जनशील भएर लाग्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रेमबाट विचलित भएर आत्महत्या गर्ने पुस्ताले समाज र परिवार ध्वस्त हुन्छ । तसर्थ राम्रो संस्कार हामी आफँैले विजारोपण गर्ने हो ।” उहाँले भ्रष्टाचारको अन्त्य नभई विकास असम्भव भएको प्रष्ट्याउँदै यसको खबरदारी सबै क्षेत्रलाई गर्न आग्रह गर्नुभयो ।प्रदेशसभा सदस्य देवी ओलीले नेपाल कला, साहित्य, प्रेमी मनले भरिएको देश भएको उल्लेख गर्दै समाजको यथार्थतालाई साहित्यबाट उजागर गरी समाज र सरकार दुवैलाई सचेत तुल्याउन सहभागी स्रष्टा, सर्जकलाई सुझाउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख जसवीर रोका र अतिथि सङ्कायमा अध्यापनरत डा दीपक गौतमले युवा पुस्तामा नकरात्मकता बढी देखिएको टिप्पणी गर्नुभयो ।

साहित्य माला कार्यक्रममा १३ स्रष्टाले मुलुकको विकास, सीमा रक्षा, राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक परिवर्तन, कमजोर नागरिक जीवनशैली र सुशासन कायम हुन नसक्नुलगायतका भाव आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com