बझाङ, १०मंसिर – बझाङको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर ५ मा बिहान नचिनेको मानिसको समूहले बम विष्फोट गराएको छ । वडा नम्बर ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासी भन्दा झण्डै डेढ किलोमिटर टाढा जंगलमा बम पड्काएको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताएका छन । एकाबिहानै मतदान केन्द्रको तयारीमा जुटेका कर्मचारी र स्थानीयबासिन्दा बमको आवाज सुनेपछि त्रसित बनेका छन् । शनिबार दिउँसो पनि छविसपाथीभेरा गाउँपालिकाको वडा नम्वर ४ को जंगलमा बम पड्किएको थियो । साथै उहाँले मतदातालाई तर्साउन मतदान केन्द्रभन्दा टाढा बम विष्फोट गराएको हुन सक्ने बताउनुभयो .
प्रतिक्रिया दिनुहोस्