ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अघि बढाउनुपर्छ– अर्थमन्त्री खतिवडा


admin
फाल्गुन १६, २०७६ शुक्रबार  ३ : ०४ बजे

 

काठमाडौं, १६ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताउनुभएको हो । खतिवडाले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताउनुभयो । खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपले बढाउन वित्तीय संघीयता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । मुलुकमा वित्तीय संघीयता लागु भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको उहांले संकेत गर्नुभयो । अर्थमन्त्री खतिवडाले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौति देखा परेको पनि बताउनुभयो । खतिवडाले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहांले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताउनुभयो । शनिबारसम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायीत्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com