ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

खरका छाना हटाउँदै, कर्कटपाता टल्काउँदै रिब्दीकोट


admin
फाल्गुन १६, २०७६ शुक्रबार  २ : ११ बजे

काठमाडौं, १६ फागुन । रिब्दीकोट गाउँपालिकामा १६१ खरका छाना भएका घर छन् । चालू आर्थिक वर्षको साउनमा २२६ खरका छानामध्ये हाल ६५ घरमा कर्कटपाताको छाना लगाइएको छ । दक्ष कामदारको अभाव, वर्षेनी खर्च बढ्दो, खर तथा डाडाभाटाको अभावसँग जुध्नुपर्ने बाध्यता रहेकोमा गाउँपालिकाले कर्कटपाताले छाना टल्काउन थालेपछि खरका घर भएका परिवारका सदस्य खु्शी देखिएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा खरका छाना हटाइ कर्कटपाताले छाएपछि घरका छाना टल्किन थालेको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चाल्ू आवको असार मसान्तसम्म बाँकी खरका छाना हटाएर कर्कटपाताले छाउने कार्यक्रम रहेको बताउनुभयो ।चालू आवको माघ महिनासम्म वडा नं २, ३ र ५ मा खरका छाना पूर्णरुपमा हटाइएकोे छ । वडा २ मा दुई आवमा १५ घर खरको छानामुक्त बने । घर खरको छानामुक्त बनाउन वडाले ३६० कर्कट पाता स्थानीय बासिन्दालाई वितरण गरेको थियो ।

वडा नं ३ मा २७ घर खरका छाना रहेकामा सबैमा कर्कटपाताले छाइएको छ । वडा नं ५ मा आव २०७५/०७६ मा ३३ खरका छाना हटाइ कर्कटपाताले छाइएको छ । आव २०७६/०७७ मा गाउँपालिकाभित्रका ६१ घरका खरका छाना हटाइ कर्कटपाता लगाउने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताउनुभयो । आव २०७५/०७६ मा २० लाख बजेटमार्फत ९१ घरमा खरका छाना विस्थापित गरी कर्कटपाताका छाना लगाउने काम भएको छ । आव २०७६/०७७ मा ३७ लाखमा २२६ खरका छानामुक्त बनाउन काम अघि बढेको छ ।आव २०७५/०७६ मा वडा नं १ मा ५४६ मध्ये २७ घर खरका छानाका छन् । त्यसमध्ये १४ घर कर्कटपाताले छाइएको छ । वडा नं २ का ६२९ र ३ नं वडाका ५५५ घरमा कर्कटपाताको छाना लगाइएको छ ।

त्यस्तै ४१३ घर रहेको वडा ५ कुखुमखोला खर छानामुक्त भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ३३ घर कर्कटपाता वितरण पछि खरका छाना हटाइ कर्कटपाताले टल्किन थालेका हुन् । छ नम्बर वडाका ५७८ मध्ये ६७ घर छाना खरको थियो । तीमध्ये १८ घरमा स्थानीय सरकारको सहयोगमा कर्कटपाता लगाउने काम भएको छ । बाँकी ४९ घरमा खरका छाना हटाउने कार्यक्रम रहेको छ । वडा नंमा ७ मा २४ घरका छाना कर्कटपाता लगाइएकोमा २२ घरमा खरका छाना छन् । सो वडामा ६५५ घर छन् । वडा ८ मा पहिलो चरणमा २३ र दोस्रो चरणमा १२ घरमा खरका छाना हटाइ कर्कट पाताको छाना लगाउने काम भएको छ । कूल ६५ खरका छानालाई विस्थापित गरी कर्कटपाता प्रदान गरी खरका छानामुक्त बनाउन थालेकोे वडाध्यक्ष नारायण बहादुर लाम्टाङगेले बताउनुभयो ।

स्थानीय सोहरकी ६५ वर्षीय देवी बगाले पहिलो पटक कर्कटपाताको छाना रहेको घरमा रात बिताउन पाउँदा खुशी हुनुहुन्छ । वर्षेनी घर छाउनुपर्ने र पैसाको अभावमा पिरलीनुपर्ने समस्या थियो । आर्थिकरुपमा विपन्न समुदायका नागरिकलाई गाउँपालिकाको सहयोगमा खरका छानालाई कर्कटपाता प्रदान गरी घर टल्काउन थालेपछि स्थानीय सरकारको महत्व बढेको छ ।रम्भा गाउँपालिकाले चालू आव २०७६/०७७ मा ३३३ घरमा खरका छाना हटाएर पूर्णरुपमा खर छानामुक्त अभियान थालेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खरका छाना हटाइने बताउनुभयो ।

गाउँपालिकाभित्र झण्डै चार हजार ५०० घर छन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न रु ७० लाख बजेट रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा कर्कटपाता पठाएको छ । खरका छाना हटाएर वडामा कर्कटपाताको माग गर्न आएपछि स्थानीय तहबाट कर्कटपाता हस्तान्तरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मतगणना जारी रहँदा रास्वपाको प्रारम्भिक अग्रता ३५, कांग्रेस: ४, एमाले: ३ नेकपा: १ स्थानमा

प्रारम्भिक मत गणनामा रास्वपाको मजबुत अग्रता – काठमाडौंका अधिकांश क्षेत्रमा नेतृत्व

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com