काठमाडौं १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको दुई दिने भ्रमणका क्रममा नयाँ रणनीतिक ‘ब्लु डट नेटवर्क’ मा छलफल गर्ने भएका छन्।
ट्रम्प दुई दिने पहिलो औपचारिक भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन्। यसलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)लाई रोक्न ‘ब्लु डट नेटवर्क’ अघि सारिएको भारतीय अंग्रेजी अखबार ‘दि इन्डियन एक्सप्रेस’ले उल्लेख गरेको छ।
‘यो अमेरिकाको ‘इन्डो प्यासेफिक स्ट्राटेजी’को एक हिस्सा हो जसको उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी बिआरआईलाई काउन्टर गर्ने हो,’ उक्त अखबारमा लेखिएको छ, ‘दुई दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच छलफल हुने अपेक्षा गरिएको छ।’
ट्रम्पको भ्रमणका बेला छलफल गर्न उक्त प्रस्तावमाथि भारतीय र अमेरिकी अधिकारीहरुबीच विगत केही हप्ता कार्यगत तहमै छलफल हुने बताइको छ। ‘इन्डो प्यासेफि स्ट्राटेजी’को एक हिस्सा स्वरुप भारतले यसमा सक्रिय भूमिका खेलोस् भन्ने अमेरिकाले चाहेको अखबारले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस्