ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी


admin
फाल्गुन ११, २०७६ आईतबार  १ : २७ बजे

काठमाडौं, ११ फागुन । सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’ को आयोजनासमेत गर्ने भएको छ ।

मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले महिनावारीसम्वन्धी भए÷गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताको सहभागिता रहने जानकारी दिनुभयो । दोस्रो राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने रहेको छ । गोष्ठीमा महिनावारीका विभिन्न पक्ष भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजजन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई र छाउपडीसम्बन्धी ऐन÷कानून र नीतिका बारेमा छलफल गरिनेछ ।

सोही अवसरमा मन्त्री गुरुङले लैङ्गिक समानताका लागि महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा जोड दिनुभयो । सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजनाअनुसार नै मन्त्रालयले छाउपडी अन्त्यको अभियानलाई तीव्रता दिएको मन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

सम्बन्धित

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com