ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एकैदिन दोब्बरले बढ्यो : नेपाली जोखिम उच्चमा


एबीसी न्यूज

काठमाडौं, ११ फागुन ।   दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन (१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ ।

शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या चार सय ३३ पुगेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट दुई जनाको ज्यान गइसकेको छ । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिस निस्कन छाडेका छन् ।

कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमितको सङ्ख्या बढेको हो ।

चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण दुई हजार तीन सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार दुई सय ८८ जनामा सङ्क्रमण भएको पाइएको छ । चीनबाहिर विभिन्न देशमा गरी २० जनाको ज्यान गएको र एक हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले जनाएको छ । चीनबाहिर सङ्क्रमितको सङ्ख्या तुलनात्मक रुपमा थोरै भए पनि स्वरुप भने चिन्ताको विषय रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रोस अदानोमले बताएका छन् ।

यसैबीच जापानको योकोहामा बन्दरगाह क्वारेन्टाइनमा रहेको पानीजहाजबाट उद्धार गरेर अमेरिका लगेकामध्ये ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको हप्ता अमेरिकाले पानीजहाजमा रहेका आफ्ना चार सय नागरिकमध्ये सङ्क्रमण भएका ४० जनालाई जापानमै उपचारका लागि छाडेर तीन सय ६० जनालाई स्वदेश लगेको थियो ।

अमेरिकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि आफ्ना नागरिक लगेको भए पनि १४ दिने क्वारेन्टाइनमा राखेको बेला सङक्रमण देखिएको बीबीसीले जनाएको छ ।  कोरियाको थेगु सहरमा कोरोनाको संक्रमण बढी देखिएको छ । जहाँ कम्तिमा पनि सातहजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com