ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको एमसीसी कार्यदलले अध्यक्षद्वय ओली–प्रचण्डलाई बुझायो प्रतिवेदन : यस्तो छ सुझाव


admin
फाल्गुन ९, २०७६ शुक्रबार  ८ : १४ बजे

काठमाडौं ९ फागुन । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपा को केन्द्रीय कमिटीले गठन गरेको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपा को केन्द्रीय कमिटीले गठन गरेको एमसीसी अध्ययन कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई प्रतिवेदन बुझाउनु भएको हो ।

कार्यदलले सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा केही बिषयमा प्रष्ट हुनुपर्ने आवश्यकता औल्याएको छ । कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो । तर, कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि थप १० दिनको समय पाएको थियो ।

नेकपा केन्द्रीय कमिटीको गत माघ १५ देखि १९ गतेसम्म बसेको बैठकले वरिष्ठ नेता खनाल संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहनुभएको कार्यदल बनाएको थियो ।खनाल कार्यदलले एमसीसी अस्वीकार गर्नुपर्ने सुझाव भने दिएको छैन । कार्यदलले प्रतिवेदन बुझाएपछि अब एमसीसीका सम्बन्धमा नेकपाले थप निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

सम्बन्धित

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com