ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजलाई एकताको सूत्रमा बाँध्ने धर्मसंस्कृतिको संरक्षण गरिनुपर्छ– मुख्यमन्त्री पौडेल


admin

काठमाडौं ९ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरुको संरक्षण गरिनुपर्ने बताउनुभएको छ ।

महाशिवरात्रिका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताउनुभयो । “देवादिदेव महादेवसमेत भनिने हिन्दूहरुका आराध्यदेव शिवको उत्पत्ति भएको दिनको रूपमा मनाइने महाशिवरात्रि पर्वका अवसरमा वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।“विज्ञानका हिसाबले हाम्रा धर्म, संस्कृति र परम्पराहरुको अत्यन्तै महत्व रहेको कुरामा दुईमत छैन । भगवान् शिवलाई सदियौँदेखिको यहाँको धार्मिक, जातिगत तथा भौगोलिक विविधताबीच रहिआएको एकता, सामाजिक सद्भाव तथा सर्वधर्म समभावको बलियो आधारको रुपमा हामी लिन सक्छौँ । भौगोलिक हिसाबले हिमालमा जन्मेका शिवलाई मैदानी क्षेत्रका बासिन्दाहरुले अधिक मान्नु र तराईमा जन्मेका भगवान् वुद्धलाई हिमाली क्षेत्रका बासिन्दाले बढी मान्नु आफैँमा जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण हो भन्ने बुझ्न जरुरी छ”, सन्देशमा भनिएको छ ।

पौडेलले सन्देशमार्फत समाजलाई सबै दृष्टिकोणबाट एकताको सूत्रमा बाँध्ने हाम्रा धर्म, संस्कृति, रितीरिवाजहरुको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व बन्न पुगेको बताउनुभएको छ । यद्यपि चाडबाड मान्ने नाममा हुने विकृति र विसङ्गतिहरुलाई भने हामीले अन्त्य गर्नु जरुरी रहेको सन्देशमा उल्लेख छ । “गाँजा, भाङ, धतुरो, मदिरा तथा सुर्ती सेवन आफैँमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्ता कुराहरुले स्वास्थ्यसँगै, अर्थ तथा सामाजिक प्रतिष्ठा पनि ध्वस्त बनाउँछ । त्यसैले आजको यो पवित्र दिनमा त्यस्ता स्वस्थ समाज प्रतिकूल हुने कुराहरुको सेवन नगर्ने सङ्कल्प पनि गरौँ”, मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com