ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो छोराछोरीलाई शिक्षा दिएर जिम्मेवार नागरिक बनाउनुहोस्– नेता नेपाल


admin
फाल्गुन ८, २०७६ बिहीबार  ७ : ५६ बजे

काठमाडौं, ८ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । रौतहटको बौद्धीमाई नगरपालिका–८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै उहाँले जिल्लाको समग्र विकासका लागि आफूले सहकार्य गर्ने बताउनुभयो ।

वरिष्ठ नेता नेपालले जिल्लामा अहिले पनि जकडिएर रहेका बालविवाह र दाइजोप्रथालाई त्यागेर छोराछोरीको शिक्षामा जोड दिन आग्रह गर्नुभयो । “छोराछोरीलाई कम्तीमा बीएसम्म पढाउनुस”, उहाँले भन्नुभयो, “दाइजोको रुपमा अरूको सम्पत्तिमा लोभ नगरौँ ।”वरिष्ठ नेता नेपालले अरूको सम्पत्तिमा लोभ गर्नुको साटो आफ्नो छोराछोरीलाई उचित शिक्षा दिएर जिम्मेवार नागरिक बनाउन आग्रह गर्दै प्राथमिक शिक्षा हासिल गरिसकेका किशोरकिशोरीलाई प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्राविधिक शिक्षा हासिल गर्न जिल्लामा प्राविधिक शिक्षालय स्थापनाका लागि आफूले पहल गर्ने पनि उहाँले बताउनुभयो ।

वरिष्ठ नेता नेपालले जिल्लाको उत्तर–दक्षिण जोडने तीन वटा मुख्य सडकहरुको स्तरोन्नति गर्दै ४ देखी ६ लेनसम्म बनाउन सरकारले योजना ल्याएको उल्लेख गर्दै निकट भविष्यमै मेची–महाकली रेल मार्ग निर्माण भई रेल सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।नेकपाका जिल्ला नेता अशोक जयसवालले बाढीले भत्काएको लालबकैया र वाग्मती नदीको बाँधलाई अविलम्ब पुनःनिर्माणका लागि पहल गर्न नेता नेपालसँग आग्रह गर्नुभयो ।“गत वर्षजस्तै यसवर्ष पनि रौतहट जिल्ला डुब्ने सम्भावना बढेको छ,” उहाँले भन्नुभयो, “डुब्न लागेको जिल्लालाई बचाउनु प¥यो ।” करिब रु ४० लाखको लागतमा निर्माण हुन लागेको दलित सामुदायिक भवन समाजका लागि अति महत्वपूर्ण हुन्छ । यसले विवाह व्रतबन्ध, सभा सेमिनार, जन्ती राख्न, बैठक बस्न समाजका लागि अति उपयोगी हुने विश्वास गरिएको छ ।

आयोजक बौद्धीमाई नगरपालिका–८ का वडाध्यक्ष उपेन्द्र दासको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

महिला साइकल दौडमा कञ्चन प्रथम

यस्तै राजदेवी मिडिया सेन्टरद्वारा गौरमा आयोजित आठौँ महिला साइकल दौड प्रतियोगितामा गौर– ५ की कञ्चनकुमारी कोइरी पहिलो, राजदेवी–६ की रविना साह दोस्रो र गौर–६ की अञ्चलकुमारी साह तेस्रो भइन् । उनीहरुले क्रमशः रु ५० हजार, ३० हजार र रु २० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो कार्यक्रममा सहभागि सबै २७ महिलाले एक एक थान साइकल प्राप्त गरेका छन् । नेकपाका वरिष्ठ नेता नेपालले उनीहरुलाई पुरस्कार तथा साइकल वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com