ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धि र विकासका आधार तयार भएको सरकारको दाबी


admin
फाल्गुन ४, २०७६ आईतबार   ३ : २३   बजे

काठमाडौं, ४ फागुन । गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गर्नुभयो ।

उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुखले जनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने धारणा राख्नुभयो । नदीनाला र ताल तलैयाँलगायतका साधन स्रोतको उपयोग गर्ने वातावरण निर्माण हुनुपर्नेमा उहाँको जोड छ ।सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको बताउनुभयो । प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उहाँले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको जानकारी दिनुभयो । प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताउँदै शान्ति सुरक्षाको प्रभावकारिताका लागि प्रहरी सेवालाई पनि प्रभावकारी बनाउन खोजिएको धारणा राख्नुभयो ।

प्रदेशभित्र सडक पूर्वाधार विकासका काम तीव्ररुपमा अघि बढेको बताउँदै उहाँले खानेपानी र विद्युतजस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पु¥याउने गरी काम बढिरहेको बताउनुभयो । सरकारको घोषित कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजनाअनुरुप गरिएको अध्ययन अनुसन्धानका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्षभित्र उद्योग ग्राम स्थापना गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेशलाई पर्यटनको राजधानी घोषणा गर्न सङ्घ सरकारसँग माग गरिएको बताउँदै उहाँले यसबीचमा पर्यटन पूर्वाधारका विभिन्न काम अघि बढाइएको धारणा राख्नुभयो । प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचनका क्रममा व्यक्त गरिएका घोषणापत्र अनुसार काम भयो वा भएन त्यसको समीक्षा गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । सरकारले हाम्रा नभनी राम्रा राष्ट्रसेवकलाई प्राथमिकतामा राख्नसके त्यसले अन्य प्रदेशबाट पनि कमचारीको आकर्षण यसतर्फ बढाउन सकिनेमा उहाँको जोड छ ।

प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले प्रदेश सरकार समृद्धि र विकासलाई लक्षित गर्दै अघि बढिरहेको बताउँदै यस अवधिमा धेरै महत्वपूर्ण कामले गतिलिएको बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारद्वारा प्रकाशित गण्डकी प्रदेश सरकारका दुई वर्ष नामक पुस्तकको मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुख शेरचनले संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।कार्यक्रममा प्रदेश सर्वोत्कृष्ट कर्मचारीका रुपमा एक लाख रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव दलबहादुर अधिकारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखाअधिकृत सुमन भट्टराईलगायत प्रदेश अन्तर्गतका १८ जना कर्मचारीलाई ५० हजार र २५ हजार रुपैयाँ नगद सहित उत्कृष्ट निजामती कर्मचारीका रुपमा पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group