ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालो धन नियन्त्रण गर्न नयाँ रणनीति, ‘भरिया हैन, मालिक नै पक्रने लक्ष्य


admin
माघ २८, २०७६ मंगलबार   ५ : ३६   बजे

काठमाडौं, २८ माघ । शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६४’ लाई संशोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनबमोजिम लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ । बजारमा हुने लगानीका लागि अवैध पैसाको प्रयोग नहोस् भनेर त्यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा कडाइ गरिएको हो । यस्तै बोर्डले मर्चेन्ट बैंकरको सञ्चालक तथा कार्यकारी प्रमुख धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ संस्थामा लाभको पदमा रहँदा स्वार्थ बाझिन सक्ने भएकाले त्यस्ता संस्थामा रहन नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै मर्चेन्ट बैंकरले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सबलताका लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था नयाँ नियमावलीमा गरिएको छ । मर्चेन्ट बैंकरको शेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ शेयरधनी थप गर्नुुपूर्व बोर्डमा अभिलेख उपलब्ध गराउँदा अङ्कित मूल्यको सट्टामा बिक्री मूल्यमा गराउनुपर्ने व्यवस्था थप गरिएको छ । सो व्यवस्थाले बजारलाई थप पारदर्शी बनाउने लक्ष्य राखिएको छ । सार्वजनिक निष्कासन गर्ने संस्थाका सञ्चालक तथा शेयरधनी कालोसूचीमा नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ । साधारण शेयर निष्कासनलाई थप व्यवस्थित बनाउन कालोसूचीको व्यवस्था गरिएको हो । कालोसूचीमा रहेका व्यक्तिले नागरिकको लगानीलाई फरक उद्देश्यका साथ परिचालन गर्न सक्ने भएकाले कडा प्रावधान राखिएको हो ।

यस्तै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा ‘बुक बिल्डिङ’ विधिसमेत प्रयोगमा ल्याउने व्यवस्था ल्याइएको छ । सो व्यवस्थाले साधारण शेयर निष्कासन गर्ने कम्पनीको शेयर अधिकतम मूल्यमा समेत बिक्री गर्न पाइनेछ ।सार्वजनिक निष्कासनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्कासन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको छ । सूचीकृत सङ्गठित संस्थाका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर दश प्रतिशतभन्दा कम नहुने गरी बिक्री प्रस्तावमार्फत बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै सङ्गठित संस्थाले विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

धितोपत्रसम्बन्धी कानूनलाई समसामयिक बनाउँदै लैजाने क्रममा साबिकको धितोपत्र व्यवसायी नियमावली, सामूहिक कोष नियमावली, धितोपत्र दर्ता तथा निष्कासन नियमावलीलाई अर्थ मन्त्रालयको स्वीकृतिमा संशोधन गरिएको हो । संशोधित नियमावली आगामी फागुन १ गतेदेखि लागू हुने सहप्रवक्ता केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group