
काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताउनुभएको छ ।
निकासी प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसंग केही विवाद रहेपनि सरकार निजी क्षेत्रलाई पेल्ने र बा“ध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताउनुभएको हो । उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्न अनुरोध गर्नुभयो । उहाले सरकार सदैव सहयोग गर्न तयार रहेको पनि प्रष्ट पार्नुभयो । सत्ताका स्वार्थका लागि मुलुकका कुनै पनि निकायलाई सरकारले अप्ठ्यारो नबनाउने बताउनुभयो । सुशासन र लोकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता नगर्ने दाबी गर्नुभयो ।
राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको बताउनुभयो । नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्