ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालको ओमान संग दोस्रोे हार (भिडियोसहित)


एबीसी न्यूज
माघ २७, २०७६ सोमबार  १२ : २७ बजे

काठमाडौं, २७  माघ ।  विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपालले पुन खराब प्रर्दशन गरेको छ । अमेरिकालाई शनिबार परजित गरेको नेपालले ओमान संग भने लगातर हार व्यहोरेको छ ।

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालको औसत प्रर्दशन देखिएको छ । आज भएको सिरिजको तेस्रो खेलमा नेपाल ओमानसंग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससगै नेपाल ओमानसग लगातार दुई पटक पराजित भएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६, पारस खड्काले ३८, विनोद भण्डारीले ३५ , आरिफ शेख र कुशल मल्लले समान २८, २८ रन जोडेका थिए । यसैगरी ओपनर सुवास खकुरेल २२ र करण केसी १० रनमा आउट भएका थिए । ओमान विरुद्धको खेलमा व्याटीङ उत्कृष्ठ रहेता पनि खराव वलिङका र विकेट लिन नसक्नु खेल हार्नुको मुख्य कारण बनेको छ ।

यसअघि अमेरिकालाई ३५ रनले हराउदै शनिबार नेपालले पहिलो जित पनि दर्ता गरेको थियो । नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेट्न सफल नेपाल आफ्ने तेस्रो खेलमा ओमानसंग दोस्रो हार व्यहोर्न पुगेको हो । अमेरिकाका लागि इयान होलाण्डले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन । नेपालको खेलमा भने विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलेका थिए । कुशलले ६२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाएका थिए । डेब्यु खेलमै अर्धशतक पुरा गरेर कुशलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन । लिग अन्तर्गतको पहिलो खेलमा ओमानसँंग खराब प्रर्दशन गरेको नेपालले शनिबार अमेरिकासँग भने सुधारात्मक प्रर्दशन गरेको थियो ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियोे । नेपाल विरुद्ध ओमानको जितसँगै ओमान आइसीसी मेन्स क्रिकेट वल्र्डकप लिग २ को शीर्ष स्थानमै कायम रहन सफल भएको छ । ओमानले ९ खेलमा ७ खेल जित्दै १४ अंक बनाएको छ । अमेरिका १० खेलसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालले भने मात्र ३ खेल खेलेको छ । जसमा दुईमा हार र एक जित निकाल्दै नेपालको २ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com