ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालको ओमान संग दोस्रोे हार (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २७  माघ ।  विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपालले पुन खराब प्रर्दशन गरेको छ । अमेरिकालाई शनिबार परजित गरेको नेपालले ओमान संग भने लगातर हार व्यहोरेको छ ।

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालको औसत प्रर्दशन देखिएको छ । आज भएको सिरिजको तेस्रो खेलमा नेपाल ओमानसंग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससगै नेपाल ओमानसग लगातार दुई पटक पराजित भएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६, पारस खड्काले ३८, विनोद भण्डारीले ३५ , आरिफ शेख र कुशल मल्लले समान २८, २८ रन जोडेका थिए । यसैगरी ओपनर सुवास खकुरेल २२ र करण केसी १० रनमा आउट भएका थिए । ओमान विरुद्धको खेलमा व्याटीङ उत्कृष्ठ रहेता पनि खराव वलिङका र विकेट लिन नसक्नु खेल हार्नुको मुख्य कारण बनेको छ ।

यसअघि अमेरिकालाई ३५ रनले हराउदै शनिबार नेपालले पहिलो जित पनि दर्ता गरेको थियो । नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेट्न सफल नेपाल आफ्ने तेस्रो खेलमा ओमानसंग दोस्रो हार व्यहोर्न पुगेको हो । अमेरिकाका लागि इयान होलाण्डले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन । नेपालको खेलमा भने विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलेका थिए । कुशलले ६२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाएका थिए । डेब्यु खेलमै अर्धशतक पुरा गरेर कुशलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन । लिग अन्तर्गतको पहिलो खेलमा ओमानसँंग खराब प्रर्दशन गरेको नेपालले शनिबार अमेरिकासँग भने सुधारात्मक प्रर्दशन गरेको थियो ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियोे । नेपाल विरुद्ध ओमानको जितसँगै ओमान आइसीसी मेन्स क्रिकेट वल्र्डकप लिग २ को शीर्ष स्थानमै कायम रहन सफल भएको छ । ओमानले ९ खेलमा ७ खेल जित्दै १४ अंक बनाएको छ । अमेरिका १० खेलसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालले भने मात्र ३ खेल खेलेको छ । जसमा दुईमा हार र एक जित निकाल्दै नेपालको २ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com