ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ– मन्त्री भट्टराई


admin

काठमाडौं, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले अन्तरराष्ट्रियजगत्मा नेपालको पर्यटन प्रवद्र्धनका लागि उत्साहजनक सन्देश पु¥याउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।मन्त्री भट्टराईले भन्नुयभयो, “नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पु¥याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ ।

मुलुकमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा सन् २०२० लाई सिकाइ र अनुभव लिने वर्षका रुपमा लिएर विशेषज्ञले बनाउने कार्ययोजनाका आधारमा २०२० देखि ३० को समयलाई पर्यटन दशकका रुपमा मनाइन लागेको उहाँले जानकारी दिनुभयो ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा पर्यटन विकास क्षेत्रको विकासका लागि तीनै तहका सरकारको समन्वयमा कार्यक्रम बनाएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र ठमेलमा खाल्टा, हिलो र धुलोबाट ग्रस्त छ, यसमा सुधार ल्याउनुपर्छ, पर्यटकप्रति गरिने व्यवहार संस्कार युक्त हुनुपर्छ, पर्यटकका लागि सुरक्षा, सजिलो पूर्वाधार, सफासुग्घर र हरियाली वातावरण, उत्सुकता लाग्ने नयाँ चीज वस्तु हामीले दिनुपर्छ ।”पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले हामी पर्यटन वर्ष मनाउँदै गरेको अवस्थामा नेपालको पर्यटनको केन्द्रका रुपमा रहेका ठमेलमा फुटी रहेका ढल र खाल्टाखुल्टीले तयारी पर्यप्त भएन कि भन्ने प्रश्न उब्जेको देखिन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई पर्यटनको गन्तव्य प्रकृतिले नै उपहार दिएको छ, काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई जोड्ने आकर्षक पदमार्ग बनाउन सकिए पर्यटकका लागि महत्वपूर्ण खुराक मिल्ने थियो ।

पूर्वपर्यटनमन्त्री भीमबहादुर रावलले सभ्यता, संस्कृति र आफ्नोपन देखाएर समृद्धिका लागि अर्थ जुटाउने तथा अन्तर्राष्ट्रियजगत्सँग मित्रवत् सम्बन्ध सुदृढ तुल्याउन योगदान पु¥याउने पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अनुकूल वातावरण र सुशासन प्रणाली मिल्दोजुल्दो हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “हवाई भाडामा स्वदेशी र विदेशीका आधारमा फरक हुनुहुन्न, हवाई भाडामा एकरुपता कायम गर्ने सन्दर्भमा मन्त्रालयले यथाशीघ्र निर्णयमा पुगोस् ।” सो अवसरमा समितिका सदस्य पुष्पा भुसाल, सुदन किराँती, उमा रेग्मी, सरला यादव, रेणुका गुरुङ, नारदमुनि राना, दीपकप्रकाश भट्ट, प्रेमप्रसाद तुलाचन लगायतले मुलुकमा पर्यटनको विकासका लागि तीनै तहले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर समन्वयका साथ अघि बढने वातावरण तयार गर्न सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com