ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको सपना : त्रिकोणात्मक सिरिज आजदेखि


एबीसी न्यूज

काठमाडौं, २२ माघ । क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो ।

नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ । क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट निलम्बन फुकुवा भएपछि पहिलोपटक सिरिज आयोजना गर्न पाएकामा क्यान अध्यक्ष चतुरबहादुर चन्द मङ्गलबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा निकै हर्षित देखिनुभयो । “निलम्नबनबाट फुकुवा भएको छोटो समयमा हामीले सिरिज आयोजना गर्दैछौँ, सबै कुरालाई बिर्सेर विश्वकपको यात्रालाई अघि बढाउँदै छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्षसँगै क्यान महासचिव अशोकनाथ प्याकुरेल सहमत देखिनुभयो । उहाँले भन्नुभयो, “यो सिरिज हाम्रा लागि ठूलो परीक्षणका साथै अवसर हो, यसमा हामीले हरेक तरिकाले अब्बल सावित गर्नुपर्छ ।” निलम्बन फुकुवापछि क्यानसित अनेकन चुनौती रहे पनि ती सबैको सामना गर्ने अवसर सिरिजलाई लिएको प्याकुरेलको भनाइ थियो । त्रिकोणात्मक सिरिजलाई क्यान ऐतिहासिक बनाउन चाहन्छ । टिकट बिक्रीको जिम्मा नेपालयले पाएको छ । एउटा खेलको टिकट मूल्य रु २०० तय गरिएको छ ।

ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो । ओमानका कप्तान जिसन मक्सुद र अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रूपमा लिएका छन् । “नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्”, पत्रकार सम्मेलनमा दुवै कप्तानले एउटै स्वरमा भन्नुभयो ।

आइसिसी विश्वकप क्रिकेट लिग दुई सिरिजअन्तर्गत आजको खेलमा झण्डै २० हजार दर्शकले खेल हेर्ने अपेक्षा गरिएको छ । नेपालले २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको हो । विश्वकपको रोडम्यापको रूपमा रहेको डिभिजन दुईमा हालसम्म अमेरिकाले आठ खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले घरेलु मैदानबाट आफ्नो यात्रा शुरु गर्दैछ । तीनवटै टोलीले यो सिरिजमा चार÷चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म अमेरिका अङ्क तालिकाको शीर्षस्थानमा छ । आठ खेल खेलेको उसले छ खेलमा जीत निकाल्दै १२ अङ्क बटुलेको छ । स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा, आठ अङ्कै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचाँै तथा अङ्कविहीन अवस्थमा रहेको पपुवान्यूगिनी छैटाँै स्थानमा छ ।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहनुभएको छ । ब्याटिङका लागि नेपाली टोली पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीमाथि निर्भर रहनेछ । नेपाली टोली मुख्य बलर शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीबिना मैदानमा उत्रनेछ । यस्तो अवस्थामा लेग स्पिनर सन्दीप लामिछानेमाथि टोली केन्द्रित हुनेछ । ललितनारायण राजवंशी र सुसन भारी पनि भरोसायोग्य बलर हुन् । उनीहरूलाई पारस खड्का, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर र कुशल मल्लको साथ रहनेछ । सन् २०१७ पछि नेपालले पहिलोपटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेको थियो ।

आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवान्यूगिनीले आठ÷आठ खेल खेलिसकेका छन् । नामिविया र युएईले सात÷सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

पटवालको राजीनामाले दुखाएको मन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिताको मुखैमा आएर राजीनामा दिनुभएको छ । उहाँको राजीनामाले क्रिकेट खेलाडी, क्यान पदाधिकारी मात्र नभएर क्रिकेटप्रेमीको मन दुखाएको छ । पटवालको राजीनामा खेलाडीको मनोबल घटाउने उद्देश्यले आएको क्रिकेट प्रशंसकको बुझाइ छ । पोखरा बन्द प्रशिक्षणकै क्रममा पटवालले राजीनामा दिने बताउँदै आउनु भए पनि क्यान पदाधिकारी सो कुरा सिरिजअघि सार्वजनिक नहोस् भन्ने चाहन्थे । “राजीनामा दिए पनि सिरिजअघि सार्वजनिक नभइदिएको भए हुन्थ्यो हाम्रो चाहना थियो, एक्कासि सार्वजनिक भयो, यसले सबैको ध्यान अन्यत्र मोड्यो”, खेल पत्रकारले खचाखच भरिएको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चन्दले भन्नुभयो, “राजीनामाले नेपालको खेल प्रदर्शनमा असर पर्दैन ।”

क्यान महासचिव प्याकुरेलले पटवालको राजीनामाबारे आइसीसी र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने बताउनुभयो । “क्यान निलम्बन हुँदा आइसीसीले प्रशिक्षक नियुक्त गरेका हो, यसबारे आइसीसी र राखेपले बोल्नुपर्छ ।” क्यान निलम्बनका बेला पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो । उहाँले चार महिनाअघि नै राजीनामा दिनुभयो । पत्रकार सम्मेलनमा पटवालको राजीनामाबारे प्रश्न तेस्र्याउँदै नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल अकमकिनुभयो । उहाँले पटवालले आफूहरुलाई राजीनामाबारे जानकारी गराएको तर टोलीको ध्यान अहिले पूरै सिरिजतर्फ केन्द्रित रहेको बताउनुभयो । नेपाललाई विश्वकपसम्म पु¥याउने लक्ष्य लिएका कप्तान मल्ल ओमान र अमेरिकी टोलीका कप्तानका अघिल्तिर प्रशिक्षक पटवालको राजीनामाले एकछिन अलमलमा पर्नुभयो । “हामी उत्साहित छौँ, घरेलु मैदानको फाइदा उठाउन चाहन्छौँ, समर्थकलाई निरास हुन दिन्नौँ”, कप्तान मल्लले भन्नुभयो । राखेपको पहलमा आइसीसीले पटवाललाई गत जेठमा मासिक सात हजार डलर पारिश्रमिक दिने गरी एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com