ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२ लाखको मोबाइलसहित पक्राउ


admin
माघ २१, २०७६ मंगलबार  ८ : ५९ बजे

 

काठमाडौं, २१ माघ । प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई आज नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ ।

काँकडभित्ताबाट काठमाडाँैतर्फ आउँदै गरेको प्रदेश ३–०१ ००६–ख ०२४७ नम्बरको बस जाँच गर्दा दुईवटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो । मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।

नागढुङ्गानमा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोँङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त सुटकेश जिम्मा लिनको लागि सम्बन्धित धनी गोँङ्गबु बसपार्कमा आउने जानकारी पाएपछि नागढुङ्गाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको प्रहरी टोली बसपार्क आएको थियो । सोही क्रममा बसपार्कमा सुटकेस लिन आएका उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार मूल्य रू २१ लाख ७३ हजार ५०० छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com