ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग


admin

काठमाडौं, २१ माघ । चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भनी त्यसको व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रकाश स्नेही रसाइलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिनुभयो । सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्नुहुँदै संसद् भवन नै खाली गरिदिई पालमा संसद् चलाउने कि रु भनी प्रश्न गर्नुभयो । सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा सङ्क्रमण नफैलियोस् भनी सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

सांसद डिला सङ्ग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन पहल भयो कि भएन भन्ने जिज्ञासा राख्दै चिकित्सा आयोगको उपाध्यक्षका विषयमा उठेका प्रश्न के हुन् स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । सांसद दलबहादुर रानाले आर्थिक वर्षको छ महिना बितिसक्दा पनि विकास निर्माणका आयोजनाका काम शुरु हुन नसकी प्रक्रियामै अल्झिएकाले अर्थ मन्त्रालयलगायत सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो । सांसद दिलकुमारीले सर्लाहीमा बालुवा उत्खनन गर्दा बालकको निधन भएको घटना सेलाउन नपाउँदै धनुषामा बालुवा–गिट्टी नियम विपरीत उत्खनन गरेको आवाज उठाउँदा एक व्यक्ति मारिएकाले अतिक्रमण नरोकिने सङ्केत देखिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गा पौडेलले उखु किसानले कम मूल्यमा बिक्री गरे पनि पाउन नसकेकाले पूरा मूल्य पाउने व्यवस्था गर्न माग गर्नुभयो । सांसद देवप्रसाद तिमल्सिनाले किसानले उखु बेच्न नपाउने बेचे पनि मूल्य नपाउने गरे पनि सरकार कानमा तेल हालेर बसेको बताउनुभयो । सांसद नागेन्द्रकुमारले उखु किसानसँगको सम्झौता कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनुभए पनि एनसेल लाभकर, हायात होटल, बालुवाटार जग्गा प्रकरण लगायतमा भइरहेको छानबिनलगायत प्रगतिका बारेमा जानकारी पाऊँ भन्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले ठेक्का भइसकेका सडकको काम नहुँदा नेपाल भ्रमण वर्षमा प्रभाव पर्ने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । राजधानीबाट नुवाकोटको पर्यटकीयस्थल ककनीलगायत स्थानमा जाने सडक जीर्ण रहेको उहाँको भनाइ थियो । सांसदद्वय निरुदेवी पाल र पार्वतीकुमारी विसुङ्खेले सुदूरपश्चिम र मध्यपश्चिमका महिलाले छाउगोठमा जीवन बिताउनु परेकामा पछिल्लो समय शुरु भएको गोठ भत्काउने अभियानले सहयोग मिलेको बताउनुभयो । सांसद पवित्रा निरौलाले निर्माण सामग्री जुटाउने नाममा झापाको चुरे दोहन भइरहेकाले रोक्न माग गर्नुुभयो । वातावरणीय प्रभावको समेत वास्ता नगरी नदीमा हुने अवैध उत्खनन रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद पुष्पा भुसालले अछाम जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष पदमबहादुर धामीको निर्ममतापूर्वक हत्या गरिएको, स्थानीयवासीले शव उठाउन नदिएकाले सुरक्षाकर्मी पठाई त्यसको वास्तविकता छानबिन गर्न माग गर्नुभयो । सांसद पूर्णाकुमारी सुवेदीले संसद् र संसदीय समितिको वार्षिक वा मासिक क्यालेन्डर बनाउन सुझाव दिनुभयो । सांसद प्रेमप्रसाद तुलाचनले चीनसँग सीमा जोडिएको कोरला नाका जाने सडक समयमा पूरा नभएको, २०० किमी सडक वर्षौंदेखि अलपत्र रहेकाले तीनवटा ठूला ठूला भिरको काम हुन नसकेको बताउनुभयो । सांसदद्वय प्रेम सुवाल र नवराज सिलवालले पनि शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com