ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग


admin
माघ २१, २०७६ मंगलबार  ३ : ३८ बजे

काठमाडौं, २१ माघ । चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भनी त्यसको व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रकाश स्नेही रसाइलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिनुभयो । सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्नुहुँदै संसद् भवन नै खाली गरिदिई पालमा संसद् चलाउने कि रु भनी प्रश्न गर्नुभयो । सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा सङ्क्रमण नफैलियोस् भनी सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

सांसद डिला सङ्ग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन पहल भयो कि भएन भन्ने जिज्ञासा राख्दै चिकित्सा आयोगको उपाध्यक्षका विषयमा उठेका प्रश्न के हुन् स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । सांसद दलबहादुर रानाले आर्थिक वर्षको छ महिना बितिसक्दा पनि विकास निर्माणका आयोजनाका काम शुरु हुन नसकी प्रक्रियामै अल्झिएकाले अर्थ मन्त्रालयलगायत सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो । सांसद दिलकुमारीले सर्लाहीमा बालुवा उत्खनन गर्दा बालकको निधन भएको घटना सेलाउन नपाउँदै धनुषामा बालुवा–गिट्टी नियम विपरीत उत्खनन गरेको आवाज उठाउँदा एक व्यक्ति मारिएकाले अतिक्रमण नरोकिने सङ्केत देखिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गा पौडेलले उखु किसानले कम मूल्यमा बिक्री गरे पनि पाउन नसकेकाले पूरा मूल्य पाउने व्यवस्था गर्न माग गर्नुभयो । सांसद देवप्रसाद तिमल्सिनाले किसानले उखु बेच्न नपाउने बेचे पनि मूल्य नपाउने गरे पनि सरकार कानमा तेल हालेर बसेको बताउनुभयो । सांसद नागेन्द्रकुमारले उखु किसानसँगको सम्झौता कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनुभए पनि एनसेल लाभकर, हायात होटल, बालुवाटार जग्गा प्रकरण लगायतमा भइरहेको छानबिनलगायत प्रगतिका बारेमा जानकारी पाऊँ भन्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले ठेक्का भइसकेका सडकको काम नहुँदा नेपाल भ्रमण वर्षमा प्रभाव पर्ने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । राजधानीबाट नुवाकोटको पर्यटकीयस्थल ककनीलगायत स्थानमा जाने सडक जीर्ण रहेको उहाँको भनाइ थियो । सांसदद्वय निरुदेवी पाल र पार्वतीकुमारी विसुङ्खेले सुदूरपश्चिम र मध्यपश्चिमका महिलाले छाउगोठमा जीवन बिताउनु परेकामा पछिल्लो समय शुरु भएको गोठ भत्काउने अभियानले सहयोग मिलेको बताउनुभयो । सांसद पवित्रा निरौलाले निर्माण सामग्री जुटाउने नाममा झापाको चुरे दोहन भइरहेकाले रोक्न माग गर्नुुभयो । वातावरणीय प्रभावको समेत वास्ता नगरी नदीमा हुने अवैध उत्खनन रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद पुष्पा भुसालले अछाम जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष पदमबहादुर धामीको निर्ममतापूर्वक हत्या गरिएको, स्थानीयवासीले शव उठाउन नदिएकाले सुरक्षाकर्मी पठाई त्यसको वास्तविकता छानबिन गर्न माग गर्नुभयो । सांसद पूर्णाकुमारी सुवेदीले संसद् र संसदीय समितिको वार्षिक वा मासिक क्यालेन्डर बनाउन सुझाव दिनुभयो । सांसद प्रेमप्रसाद तुलाचनले चीनसँग सीमा जोडिएको कोरला नाका जाने सडक समयमा पूरा नभएको, २०० किमी सडक वर्षौंदेखि अलपत्र रहेकाले तीनवटा ठूला ठूला भिरको काम हुन नसकेको बताउनुभयो । सांसदद्वय प्रेम सुवाल र नवराज सिलवालले पनि शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com