ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेकअप नगरी यसरी चम्किलो बनाउन सकिन्छ अनुहार


admin

काठमाडौं, २१ माघ । कतिपय अवस्थामा सौन्दर्य मानिसको व्यक्तित्वसँग सम्बन्धित हुने गर्छ । तसर्थ, हरेक मानिस सकभर सुन्दर देखिन चाहन्छ । कतिपय प्रतिस्पर्धात्मक विधा सौन्दर्यसँग समेत जोडिएका छन् । ती विधामा सौन्दर्य हेरेर क्षमता निर्धारण गरिन्छ । महिलाहरू बढी सुन्दर देखिन चाहन्छन् । र, आफ्नो सौन्दर्यको बढी ख्याल पनि राख्छन् ।

सामान्यतया सुन्दर देखिन मेकअप गरिन्छ । कुनै समारोहमा जानुपरे मेकअपका लागि ब्युटिपार्लरसम्म धाउनुपर्ने हुन्छ । यदि तपाईंले आफ्नो दिनचर्यामा अलि ध्यान दिनुभयो भने विनामेकअप पनि सुन्दर देखिन सकिन्छ ।

छालामा चमक ल्याउने खानेकुरा खाऔँ
अनुहार स्वस्थ र चम्किलो बनाउन स्वस्थ खानेकुरा नियमित सेवन गनुपर्र्छ । छालामा चमक ल्याउन मौसमी फलफूल, सागसब्जी, स्याउको बिउ, सुन्तला, फर्सी, ओखरका साथै भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । त्यस्तै, अन्डा, कुखुराको मासु, सिमी, दाल, पनिरलगायत उच्च प्रोटिनयुक्त खाद्यपदार्थ सेवन गर्न सकिन्छ ।

प्रशस्त पानी पिउने
हाम्रो शरीरमा रहेका हरेक प्रणाली र कार्य पानीमा निर्भर हुन्छन् । प्रशस्त पानी पिएर शरीरलाई हाइडे«ट राख्नुपर्छ । दैनिक करिब गिलास पानी पिउनुपर्छ । यसले शरीरमा रहेका विषाक्त वस्तुलाई हटाउनुका साथै अनुहारमा आउने चाउरीपनसमेत कम गर्छ ।

दिनमा दुईपटक अनुहार धुने
जति समय कस्मेटिक सामान खरिद गर्न खर्च गरिन्छ, त्यति समय छालाको हेरचाहमा लगाउन सकियो भने अनुुहारमा प्राकृतिक सौन्दर्य ल्याउन सकिन्छ । स्तरीय फेसवासको प्रयोग गरेर दिनमा दुइपटक अनुहार सफा गर्ने हो भने सुन्दर रहन सकिन्छ । तर, बढी सुन्दर हुने लोभले धेरैपटक मुख धुनु पनि हुँदैन, छाला सुक्खा हुने डर हुन्छ ।

पर्याप्त निद्रा र व्यायाम
छाला सुन्दर राख्न पर्याप्त मात्रामा निदाउनसमेत आवश्यक छ । यसले आँखावरिपरि डार्क सर्कल आउने, गाला छिट्टै चाउरी पर्ने, छाला मधुरो हुनेजस्ता समस्याबाट बचाउँछ । त्यस्तै, दैनिक व्यायाम गर्दा शरीरमा फुर्ती आउनुका साथै छालामा चमक आउँछ । हप्तामा तीन घन्टा शारीरिक व्यायाम गर्न जरुरी छ । यसले रक्तसञ्चारमा टेवा पु(याउनुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ ।
मोस्चराइजरको प्रयोग
छालाको प्रकृति हेरेर मोस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । अनुहार धोएर फेसियल मोस्चराइजर लगाउन सकिन्छ । त्यस्तै, रातको समयमा छाला सुक्खा हुनबाट बचाउन पौष्टिक मोस्चराइजर लगाउन उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com