ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेकअप नगरी यसरी चम्किलो बनाउन सकिन्छ अनुहार


admin
माघ २१, २०७६ मंगलबार  २ : २७ बजे

काठमाडौं, २१ माघ । कतिपय अवस्थामा सौन्दर्य मानिसको व्यक्तित्वसँग सम्बन्धित हुने गर्छ । तसर्थ, हरेक मानिस सकभर सुन्दर देखिन चाहन्छ । कतिपय प्रतिस्पर्धात्मक विधा सौन्दर्यसँग समेत जोडिएका छन् । ती विधामा सौन्दर्य हेरेर क्षमता निर्धारण गरिन्छ । महिलाहरू बढी सुन्दर देखिन चाहन्छन् । र, आफ्नो सौन्दर्यको बढी ख्याल पनि राख्छन् ।

सामान्यतया सुन्दर देखिन मेकअप गरिन्छ । कुनै समारोहमा जानुपरे मेकअपका लागि ब्युटिपार्लरसम्म धाउनुपर्ने हुन्छ । यदि तपाईंले आफ्नो दिनचर्यामा अलि ध्यान दिनुभयो भने विनामेकअप पनि सुन्दर देखिन सकिन्छ ।

छालामा चमक ल्याउने खानेकुरा खाऔँ
अनुहार स्वस्थ र चम्किलो बनाउन स्वस्थ खानेकुरा नियमित सेवन गनुपर्र्छ । छालामा चमक ल्याउन मौसमी फलफूल, सागसब्जी, स्याउको बिउ, सुन्तला, फर्सी, ओखरका साथै भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । त्यस्तै, अन्डा, कुखुराको मासु, सिमी, दाल, पनिरलगायत उच्च प्रोटिनयुक्त खाद्यपदार्थ सेवन गर्न सकिन्छ ।

प्रशस्त पानी पिउने
हाम्रो शरीरमा रहेका हरेक प्रणाली र कार्य पानीमा निर्भर हुन्छन् । प्रशस्त पानी पिएर शरीरलाई हाइडे«ट राख्नुपर्छ । दैनिक करिब गिलास पानी पिउनुपर्छ । यसले शरीरमा रहेका विषाक्त वस्तुलाई हटाउनुका साथै अनुहारमा आउने चाउरीपनसमेत कम गर्छ ।

दिनमा दुईपटक अनुहार धुने
जति समय कस्मेटिक सामान खरिद गर्न खर्च गरिन्छ, त्यति समय छालाको हेरचाहमा लगाउन सकियो भने अनुुहारमा प्राकृतिक सौन्दर्य ल्याउन सकिन्छ । स्तरीय फेसवासको प्रयोग गरेर दिनमा दुइपटक अनुहार सफा गर्ने हो भने सुन्दर रहन सकिन्छ । तर, बढी सुन्दर हुने लोभले धेरैपटक मुख धुनु पनि हुँदैन, छाला सुक्खा हुने डर हुन्छ ।

पर्याप्त निद्रा र व्यायाम
छाला सुन्दर राख्न पर्याप्त मात्रामा निदाउनसमेत आवश्यक छ । यसले आँखावरिपरि डार्क सर्कल आउने, गाला छिट्टै चाउरी पर्ने, छाला मधुरो हुनेजस्ता समस्याबाट बचाउँछ । त्यस्तै, दैनिक व्यायाम गर्दा शरीरमा फुर्ती आउनुका साथै छालामा चमक आउँछ । हप्तामा तीन घन्टा शारीरिक व्यायाम गर्न जरुरी छ । यसले रक्तसञ्चारमा टेवा पु(याउनुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ ।
मोस्चराइजरको प्रयोग
छालाको प्रकृति हेरेर मोस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । अनुहार धोएर फेसियल मोस्चराइजर लगाउन सकिन्छ । त्यस्तै, रातको समयमा छाला सुक्खा हुनबाट बचाउन पौष्टिक मोस्चराइजर लगाउन उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com