ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नाका बन्द भएपछि पहिलोपटक बजारमा आकाशियो लसुनको भाउ


admin
माघ २१, २०७६ मंगलबार  १ : ५९ बजे

काठमाडौं, २१ माघ । सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू। २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू। ५५० पुगेको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ ।

गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ । आयात यसैगरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने श्रेष्ठ बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट रू। ५४ करोड ५२ लाख बराबरको ५०७८ टन लसुन आयात भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com