ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोट नेपालको लागि सुनौलो ढोका (भिडियोसहित)


admin
माघ २१, २०७६ मंगलबार  १ : ३७ बजे

काठमाडौं, २१ माघ । आईसिसी विश्व क्रिकेट लिग विश्वकप छनोट नेपालको लागि सुनौलो ढोका हो । क्रिकेटमा आफ्नो हैसियतअनुसारको नाम राख्दै आएको नेपालले यसपटक सिरिजअन्तर्गत ओमान र अमेरिकालाई काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा आतिथ्यता प्रदान गर्दैछ । अब, सिरिजको सुरुवाती खेल घरेलु मैदानमा खेल्दै शीर्ष स्थानमा उक्लिने अवसरको पर्खाइमा छ नेपाल । तर, अभ्यास खेलका लागि क्यानले कमजोरी देखाउंदा खेलाडीको बलबुता नै नेपालका लागि विजयी आधार बनेको छ ।

आईसिसी विश्व क्रिकेट लिग विश्वकप छनोट सिरिजको सुरुको ८ अंक प्राप्तिका लागि नेपाली टिम हाल अभ्यासरत छ । यता नेपाल क्रिकेट संघ क्यानले आफ्नो निलम्बन फुकुवा पछिको पहिलो आईसीसी प्रतियोगितालाई भब्य बनाउन चाहन्छ । तर, मापदण्ड अनुसार मैदानको अभावमा आईसिसी विश्व क्रिकेट लिग कस्तो हुने भन्ने प्रश्न पनि उत्ति नै छ । सिरिज एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गतको हुने भएकाले आईसीसीको मापदण्डको अनुसार मैदान हुन जरुरी छ । करिब चार बर्षको निलम्बन सशर्त फुकुवा गर्दिएको आईसीसीलाई क्यानले आफुप्रति विश्वास बढाउन निकै कसरत आवश्यक देखिन्छ । क्यानका लागि अहिले देखाउने मौका छ । सिरिजको लागि तीन वटा पिच निर्माण गरिएको छ । आईसिसी विश्व क्रिकेट लिगअन्तर्गत पिच निरिक्षणका लागि क्यानले श्रीलंकाका पुर्व खेलाडी बन्दुला वार्नापुरालाई जिम्मेवारी दिएको छ । त्रिवि मैदानमा एकदिवसीय स्तरको खेलका लागि पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पिचमा रोलिङ र पानी हाल्ने काम पनि जारी छ । मैदानमा आउट फिल्ड, पानीको व्यवस्था, भीआईपी व्यवस्थापन, सुरक्षा, नेट अभ्यास, व्यवस्थित चमेनागृह, बाथरुम लगायतका काम पनि अन्तिम चरणमा पुगेको छ ।

सिरिजसंगै नेपालको त्रिवि क्रिकेट मैदानले एकदिवसीय मान्यता पाउनेछ । सोही ऐतिहासिक दिनको प्रतिक्षामा खेलाडी समेत छन । खेलाडीहरु घरेलु मैदानमा आफ्ना समर्थक समक्ष एकदिवसीय क्रिकेट खेल्न आतुर देखिन्छन् । तर, नेपालको तयारीमा भने केही प्रश्न उठेको छ । के यति तयारीले पुग्छ त ? कुनै समय नेपालले ओेमन र अमेरीका दुवै टिमलाई सहजै पराजित गर्दथ्यो । तर अहिले ओमानलाई नेपालले पराजित गर्न नसकेको ७ वर्ष भएको छ । अमेरिका पनि विश्व क्रिकेटमा दिनप्रतिदिन दर्विलो बन्दै आएको छ । त्यसो त, सिरिज अघि नेपालले चार हप्ता अभ्यास गर्ने कार्य तालिका बनायो । अब सिरिज आउन मात्र केहि दिन बांकी छ । आईसिसी विश्व क्रिकेट लिगको अभ्यास खेलको रुपमा नेपालले क्यान–११ को नामबाट मलेसियाको टिमसंग पोखरामा ५० ओभरको ३ खेल खेल्यो । तीनै वटा खेलमा नेपालले सहज जित निकाल्यो तर आफु भन्दा धेरै कमजोर टिमसंग खेलेर । त्रिकोणात्मक सिरिजमा नेपालले सोचे अनुरुप नतिजा निकाल्ने हो भने माथिल्लो स्तरको टिमसंग प्रतिस्पर्धात्मक खेल खेल्न जरुरी छ । आईसीसीलाई खुशी बनाउन मैदानमा मात्र नभएर खेलको नतिजामा समेत राम्रो ल्याउन जरुरी छ । तर क्यानको ध्यान मैदान सुधारमा मात्रै जस्तो देखिन्छ । संगसंगै हुनुपर्ने अभ्यास खेलमा क्यान चुकेको छ ।तर, अभ्यासमा कुनै कमि नआएको क्यानको दावि छ ।

नेपालको मैदान र मौसमसंग मिल्दोजुल्दो हुने भारतमा अमेरिका अभ्यासरत छ । विश्वकप क्रिकेटमा भारत बलियो देश हो । अमेरिकाले मुम्बई क्रिकेट संघसंग ३ वटा ५० ओभरको खेल खेल्दैछ । त्यसैले बलियो देशसंग प्रतिस्पर्धात्मक खेल भएको भए मात्र नेपालको खेलमा सुधारको अपेक्षा गर्न सकिन्थ्यो । यद्यपी, आफ्नो बलबुतामा खेलिरहेका नेपाली खेलाडीहरुका लागि एकपटक फेरि देशको शीर उचो गर्ने समय आएको छ । ऐतिहासिक एकदिवसीय खेल पहिलो पटक घरेलु मैदानमा हुदैछ । नेपालले आईसिसी विश्व क्रिकेट लिग विश्वकप छनोट खेल घरेलु मैदानमा खेल्नु नेपाली खेलाडी र खेलप्रेमिको लागि उत्साहको कुरा हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

अभावको युगमा प्रविधिमा मात्र होइन, भौतिक स्रोतमा पनि लगानी अनिवार्य

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com