ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो– परराष्ट्रमन्त्री ज्ञवाली


admin
माघ २१, २०७६ मंगलबार  १२ : ३० बजे

काठमाडौं, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताउनुभयो ।

आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप फुलफर्म थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गर्नुभयो उहाँले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताउनुभयो ।

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उहाँले बताउनुभयो । दुइ वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै भएको भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गर्नुभयो । जनताको वर्षांैदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उहाँले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com