ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडक्रसमा हुने ‘राजनीति’ अन्त्य हुनुपर्छ– मन्त्री बाँस्कोटा


admin

काठमाडौं, २० माघ । सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले भन्नुभयो “रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्नुस्, कुनै समस्या÷विवाद आउँदैन ।” कमाउधन्दा तथा व्यापारिक संस्थामा विवाद उठ्नु स्वाभाविक मान्ने गरिए पनि विशुद्ध मानवीय भावना बोकेको संस्थामा विवाद आउनु सुखद नभएको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले रेडक्रसको आँगनभित्र ‘राजनीति’ अन्त्य हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “व्यक्तिका आआफ्ना विचार होलान् तर रेडक्रसको आँगनभित्र राजनीति अन्त्य गर्नुस्, कहिले पनि विवाद आउँदैन ।” रेडक्रसको पछिल्लो नेतृत्वले ‘राजनीति’ गरेको छैन होला भन्नेमा आफू विश्वस्त रहेको उहाँको धारणा थियो । मन्त्री बाँस्कोटाले ‘सहयोगी राष्ट्रका जनताले कमाएको केही बचाएर नेपालीलाई गरेको सहयोगको विषयमा विवाद उत्पन्न हुँदा कस्तो अर्थ राख्छ भन्ने प्रश्न गर्दै भन्नुभयो “डोनर एजेन्सी ९क्यानेडियन०ले पनि त कमाएको पैसाबाट बचाएर हामीलाई सहयोग गरेको हो, यस्तो विषयमा ‘भागशान्ति जय नेपाल’ हैन ‘मिली शान्ति’ एकदम राम्रो हो ।” रेडक्रसकर्मीको व्यक्तिगत विचार लाद्ने स्थान रेडक्रस नभएको उहाँले दोहो¥याउनुभयो ।

मन्त्री बाँस्कोटाले रेडक्रसलाई ‘टोल फ्री’ नम्बर उपलब्ध गराउन आफूले पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिनुभयो । “नागरिकलाई सेवा दिन, नागरिकको दिगागमा बसिरहने एउटा सजिलो नम्बरको निम्ति म सहयोग गर्छु, यसमा सञ्चारको मात्रै भएर पुग्दैन गृहको पनि सहमति चाहिन्छ, सभासमारोहमा भाषण गरेर हुन्न, तपाईंहरु तत्कालै आउनुस्”, उहाँले भन्नुभयो । सो अवसरमा शहरी विकासमन्त्री बाँस्कोटाले क्यानेडिएन रेडक्रसमार्फत काभ्रेपलाञ्चोकको पोखरीचाँैरी र बेथानचोक गाउँपालिकालाई प्रदान गरिएको एम्बुलेन्सको साँचो सम्बन्धित गाउँपालिका अध्यक्षद्वयलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य रत्न ढकाल, नेकपा जिल्लाध्यक्ष रुकू चौलागाईँ, पोखरीचौंरीका अध्यक्ष दीननाथ गौतम, बेथानचोकका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष अच्युत पौडेल, नेरेसो केन्द्रीय कोषाध्यक्ष देवेन्द्र प्रधानलगायतले हस्तान्तरित एम्बुलेन्सलाई जनतामा राम्रो सेवा पु¥याउन आग्रह गर्नुभभो । नेरेसो जिल्ला सभापति रघुवर चौप्रधानले सरकारको प्रतिएम्बुलेन्स रु ३० लाख करछुटमा एम्बुलेन्समा ‘ख’ वर्गको स्वास्थ्य सामग्री थपेर दुई गाउँपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com