प्रियंका र आयुष्मानको विवाहको मिति घोषणा



काठमाडौ, १७ माघ । नायिका प्रियंका कार्की अब विवाह बन्धनमा बाधिँने भएकी छिन् । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह आउने फागुनमा गर्ने पक्का पक्की भएको छ । उनीहरु यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँने बताइएको छ ।

दुई बर्ष अघि टिका टाला गरेका उनीहरुले फागुनमा नै विवाह गर्न लागेका हुन् । केहि दिन अघि नायिका प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । आफ्नो विवाह हुने निश्चित भएपछि नायिका प्रियंकाले थाइल्याण्डमा आफ्ना साथिहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् ।उनले ब्याचलर पार्टी मनाएको तस्वीरहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

    Comment Here!


सम्बन्धित समाचार

View All