ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ छ– मुख्यमन्त्री पोखरेल


admin

काठमाडौं, १६ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिमार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यतिखेर मुलुक संविधान कार्यान्वयनको अभियानमा सफलतापूर्वक अघि बढ्दै सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो । “हामी प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौँ, समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्नसक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ”, उहाँले भन्नुभयो, “समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।”

एकतन्त्रीय जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाका लागि अमर शहीदले प्राणको आहुति दिएको बताउँदै उहाँले प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान गर्ने गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायत सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले शहीदले देखाएको न्यायपूर्ण समाज निर्माणको बाटोमा अविचलित ढङ्गले लाग्न प्रतिबद्ध रहँदै हामी सबैको सक्रिय सहभागिता हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्याय र अत्याचारको अन्त्य तथा न्याय, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि ज्यानको आहुति दिने शहीदकै योगदानले नेपालका तीन ठूला राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै उहाँले विसं २००७ को जनक्रान्तिबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रादुर्भाव भएको उल्लेख गर्नुभयो । “प्रजातन्त्रको घाँटी निमोठेर विसं २०१७ मा स्थापना गरिएको निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी विसं २०४६ मा बहुदलीय व्यवस्थाको स्थापना भयो । विसं २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र सम्भव भएको हो । यी सबै राजनीतिक सङ्घर्षमा ज्यानको आहुति दिने वीर शहीद अमर छन्”, उहाँले भन्नुभयो

संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी सङ्घात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको जनाउँदै उहाँले संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गरेको उल्लेख गर्नुभयो । संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्ने बताउँदै उहाँले बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com