ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ– मुख्यमन्त्री पौडेल


admin

 

काठमाडौं, १६ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनमा आफ्नो निजी आकाङ्क्षालाई तिलाञ्जलि दिँदै अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्ने महान शहीदलाई सम्मान गर्दै शहीदको त्याग र योगदानको चर्चा परिचर्चा तथा उनीहरुको सपना पूरा गर्ने सङ्कल्पका साथ उपस्थित भएको बताउनुभयो । उहाँले अधिकार प्राप्तिका लागि विसं १९९७ देखि हालसम्मका सम्पूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गरेका शहीदप्रति हार्दिक सम्मान एवं श्रदासुमन व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले देश वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जनताको बलमा निरङ्कुश एवं स्वेच्छाचारी शक्तिलाई घुँडा टेकाउँदै व्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तव्यमा पु¥याएको उल्लेख गर्नुभयो । अधिकारका मुद्दालाई संविधानमा लिपिबद्ध गरेको तथा सम्बोधन गरेको भन्दै पौडेलले हामीले खोजेको व्यवस्थाअन्तर्गत हामीले हाम्रो प्रतिनिधिमार्फत लेखेको संविधानबाट शासन व्यवस्था सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले शहीदले देखाएको सत्य र न्यायको बाटोमा अविराम लाग्ने प्रतिबद्धता व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com