ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छ– उपप्रधानमन्त्री पोखरेल


admin

काठमाडौं, १६ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औधोगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।

“देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ”, उहाँले भन्नुभयो । सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले देउराली–जनता फर्मास्युटिकल्स गौरव गर्न लायक उद्योगका रूपमा विकास हुँदै गएको बताउँनुभयो । रक्षामन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पु¥याउन जरुरी रहेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रित हुन कम्पनीलाई आग्रह गर्नुभयो । औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने उहाँको भनाइ थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । टोखाको विकासमा देउराली जनताले सहयोग पु¥याएको उहाँको भनाइ थियो ।कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मेहनत, परिश्रम र इमान्दार भएर अगाडि बढेका कारण कम्पनी अहिलेको अवस्थामा आएको बताउनुभयो । उहाँले राजश्वलाई भन्दा उद्योग स्थापनालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

स्थानीय समाजसेवी चन्द्रविनोद चालिसेले कम्पनीले एक वर्षमा नै धेरै प्रगति हासिल गर्न सफल भएको बताउँदै थप सफलताको शुभकामनासमेत दिनुभयो । प्रालिका महाप्रबन्धक रीना श्रेष्ठले कम्पनीले मुटुरोग, नसासम्बन्धी रोग, मधुमेह, चर्मरोगलगायत ३२० प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी दिनुभयो । विसं २०४७ माघ १६ गते स्थापना भएको कम्पनीले ५०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिनुभयो । सोही अवसरमा कम्पनीमा १०, १५, २० र २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com