ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब नेपाल आगमन र प्रस्थान गर्नेहरुको डाटा नेपाली पोर्टमा (भिडियोसहित)


admin
माघ १५, २०७६ बुधबार  २ : ५३ बजे

काठमाडौं, १५ माघ । नेपालको अध्यागमनमाथि बिभिन्न समयमा सुरक्षाको बिषयलाई लिएर अन्तराष्ट्रिय क्षेत्रले प्रश्न उठाउने गरेका थिए । अध्यागममा आगमन र प्रस्थान गर्ने स्वदेशी तथा बिदेशीको बिस्तृत जानकारी राख्ने सक्ने अवस्था थिएन । जसको कारण नेपाल भित्रिएर अबैध काम गर्नेहरु सहजै उम्कन सक्ने अवस्था समेत थियो । तर पछिल्लो एक वर्षमा अध्यागमनको मुहार परिर्वतन भएको छ भने अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम प्रबिधीको समेत प्रयोगमा ल्याएको छ

सरकारले नेपाल आगमन र प्रस्थान गर्ने बिदेशी र स्वेदशी नागरिकको सुचनालाई व्यवस्थित गर्नका लागि अत्याधुनिक प्रविधि प्रयोग सुरु गरेको छ । अध्यागमन बिभागले नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम प्रबिधी प्रयोगमा ल्याएको हो । यस प्रबिधीबाट अध्यागमनसंग सम्वद्ध निकायहरु राहदानी विभाग, बैदेशीक रोजगार विभाग, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रायल, प्रहरी प्रशासन लगायका निकायले सूचना एक आपसमा हेर्न मिल्नेगरी सफ्टवेयरको अन्तरआवद्धता समेत गरिएको बिभागले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्स सहितको नेपाली पोर्ट सफ्टवेयर प्रणली जोड्न लागिएको छ । नेपालमा आगमन र प्रस्थान गर्ने स्वदेशी तथा विदेशी नागरिकको अध्यागमनमा यात्रुको फोटो, औठाछाप, यात्रुको आ“खाको रेटिनाको समेत रेकर्ड राख्नेगरी नेपालकै आफनो प्रबिधी प्रयोगमा ल्याएको हो । नेपाली पोर्ट सञ्चालन अघिसम्म अध्यागम बिभागले फोकस–वानको इमी सफटवेयर’ मार्फत चेक जा“च गर्दै आएको थियो । तर विभागले आफनै प्राविधिकमार्फत एक बर्ष लगाएर बनाएको नेपाली पोर्ट सफ्टवेयरबाट अध्यागममा चेकजा“च गर्न लागेको हो । अब नेपालको अध्यागमन पनि अत्याधुनिक प्रविधियुक्त बनेको छ । यसअघिको प्रबिधीबाट आगमन र प्रस्थान गर्ने बिदेशी र स्वेदशी नागरिकको बायोम्याट्रिक सुचना दिन सक्ने अवस्था थिएन । अहिले अध्यागममा ल्याइएको नेपाली पोर्ट सफ्टवयर प्रयोगमा आएपछि नेपालमा अन्तराष्ट्रिय जगतले लगाउदै आएको कमजोर सुरक्षा प्रणालीको आरोप हट्नको साथै सुरक्षा चुनौतीलाई समेत घटाउने बिभागको दाबी छ ।

सरकारले अन्तराष्ट्रिय स्तरकै अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयमा ल्याएसंगै नेपाल आगमन गर्नेको सम्पुर्ण जानकारी प्रत्येक पल थाहा पाउन सकिन्छ । यसरी नेपालको बिमानस्थल लगायत अन्य सिमा नाकाबाट नेपाल भित्रिएर गरिने अपराध, नेपाली भिषाको दुरुपयोगको साथै सुरक्षा चुनौती जस्ता कार्यलाई रोक्नका लागि सरकारले ल्याएको यस प्रबिधीले ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com