ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिमा रुमल्लिएको सरकारी विद्यालयहरु पनि निजी भन्दा अब्बल बन्दै (भिडियोसहित)


admin

काठमाडौं, १५ माघ । सरकारी विद्यँलयको तुलनामा निजी विद्यालयप्रतिको आकर्षण बढ्दो छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक हिसाबले सरकारीभन्दा निजी विद्यालयहरुको पाठ्यसामाग्री र शैक्ष्ँिक गुणस्तर स्तरीय रहने आम बुझाई छ । तर, पछिल्लो समय कतिपय सरकारी विद्यँलयहरु पनि सुधारोन्मुख र स्तरीय बन्दै गएका छन् । यति मात्रै होईन, भौतिक पूर्वाधार तथा प्रविधिको प्रयोग लगायत विद्यँर्थीको चौतर्फी विकासका लागि सरकारी विद्यालयले अग्रसरता देखाईरहेका छन् ।

विद्यालय पोशाक, गृहकार्य शैली लगायत समग्र शैक्षिक गतिविधिका आधारमा बोर्डिङ अर्थात् निजी विद्यँलयहरु सरकारीभन्दा उत्कृष्ट छ भनेर अभिभावकहरु आ“खा चिम्लिन्छन् । अंग्रेजी भाषाका पाठ्यपुस्तक अनि अधिकांश अंग्रेजी भाषाकै गृहकार्य । बालबच्चाले पिठ्यु“मा बोक्नै नसक्ने यस्ता गह्रौं शैक्षिक सामाग्रीहरु आफ्ना सन्तानले बोकेर विद्यालय गएको देख्दा अभिभावकहरुलाई थोरै दुख तर धेरै गर्व लाग्छ । नीजि विद्यालयले शैक्षिक गुणस्तरमा समेत सुधार गरेपछि सरकारी विद्यालयप्रति आम अभिभावकको दृष्टिकोण फेरिंदै गएको हो । त्यसैकारण अधिकांश सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून समेत बन्दै गयो । चर्को शुल्क तिरे सन्तान बाठा र विद्धान बन्छन् भन्ने चिन्तनले समाजमा गहिरो जरा गाडेको छ ।

आजपनि सरकारी विद्यालयमा पढाए आफ्ना बालबच्चा अरु सरह प्रतिस्पर्धी हुन सक्दैनन् कि भन्ने चिन्ताको प्रश्न आम अभिभावकमा छ । बरु, ऋणै गरेर भएपनि सर्वसाधारणहरु समेत आफ्ना सन्तानलाई बोर्डिङ स्कूलमा पढाउन हौसिन्छन् । तर, कैयौं सरकारी विद्यालय पनि निजी भन्दा अब्बल छन् भन्ने तथ्य भने कमै मात्र अभिभावकले बुझेका छन् । पछिल्लो दिनमा सरकारी विद्यँलयहरु पनि सुधारोन्मुख र स्तरोन्नतिको बाटोमा रहेका छन् ।

ललितपुरको पुलचोकमा त्रि–पद्म विद्याश्रम माध्यामिक विद्यालय छ । देशका कति उच्च पदस्थ व्यक्तित्वहरु यही विद्यालयले जन्माएको बताउ“छन् विद्यँलयका शिक्षक सानुलाल महर्जन । निजीको तुलनामा त्रि–पद्म प्रतिस्पर्धी र स्तरीय रहेको दाबी छ शिक्षक महर्जनको । भौतिक संरचना र अनुभवी शिक्षकका कारण निजीभन्दा उत्कृष्ट नै भएपनि सरकारी विद्यँलयहरुको प्रचारप्रसार हु“दैन । तर कतिपय बोर्डिङ स्कूलले भने नया“ शैक्षिक सत्र २०७७ को भर्नाका लागि अहिले देखि नै पर्चा, पम्पलेट्हरु टा“स्न थालिसकेका छन् । यसका साथै भूकम्पीय जोखिमबाट बच्ने र बचाउने तालिम पनि यस विद्यालयले विद्यार्थीहरुलाई दिईसकेका कारण आफूहरु ढुक्क रहेको पनि महर्जनले बताए । सिविन जस्ता बालमैत्री संघ, संस्थारुले पनि बालबालिकाको उच्चतम हितका लागि सरकारी विद्यालयहरुस“ग समन्वय गरिरहेको छ । कुनै पनि बेला आईपरेको आपतकालीन अवस्थामा निजीभन्दा सरकारी विद्यँलयहरुस“ग आफूहरुले सहकार्य गर्ने गरेको उनीहरुको भनाई छ । यसर्थ पनि सरकारी विद्यालय र यसका उत्पादनहरु बहुआयामिक र व्यवहारिक हुन्छन् ।

प्राविधिक शिक्षा तथा रोजगारस“ग जोडिएका शिक्षालाई सरकारी विद्यँलयमा जोड्न थालिएको छ । यसस“गै विद्यँर्थीहरुको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन दिदै सिर्जनशील र उत्पादनमुखी बनाउन सरकारी विद्यालयहरुले अभ्यास गरिरहेका छन । उपत्यकामा जल्दोबल्दो रुपमा उठीरहेको स्मार्ट सिटि सम्बन्धित विषयमा आफ्ना प्रतिभाहरु प्रस्तुत गरिरहेका यी विद्यार्थीहरुबाट थाहा हुन्छ, सरकारी विद्यँलयमा समयसापेक्ष पाठ्यक्रमको अध्ययन भईरहेको छ र विद्यार्थीहरु पनि प्रतिस्पर्धी बन्दैछन् । यसैगरी, कला र सिर्जनामा पनि उनीहरु अब्बल बन्दैछन् ।त्यसो त सामुदायिक विद्यालयहरुको स्तर विकासका लागि सरकारले अर्बौ बजेट खन्याइरहेको छ । अधिकांश विद्यालयको नतिजा कमजोर हुंदा अभिभावकले फेरि पनि महंगो निजी स्कुलमै छोराछोरी पठाउन बाध्य बन्छन् । यसैले, समग्र आम नागरिकको लाभका लागि सरकारी विद्यँलयको स्तरोन्नती हुन आवश्यक छ । यसै पनि शिक्षा सर्वसाधारणको मौलिक अधिकारको विषय पनि हो । यसको सुनिश्चितताका साथै आर्थिक विकासलाई ध्यानमा राखी उत्पादनमुखी शिक्षा क्षेत्रका लागि सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com