काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिनुभएको छ ।
मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताउनुभएको थियो । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गनुर््भएको थियो ।
बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गर्न खोजेको बताउनुभएको हो ।
उहाले भन्नुभयो उहाले , ‘कहाँको धक्का भन्ने पनि कुरा गर्नुभयो । तर हाम्रो सजगता छ भरसक ठूलो धक्का नहोस् ।’ तर कोरोनाको असर भने पर्ने समेत बताउनुभयो । प्रधानमन्त्री अहिलेसम्म एक जनामा मात्र लक्षण देखिएको भन्दै सतर्कता अपाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्