ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेसको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको छ– वरिष्ठ नेता पौडेल


admin
माघ १४, २०७६ मंगलबार  ८ : ०० बजे

काठमाडौं, १४ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले अझै पनि लोकतन्त्रका लागि सर्वथा अनुकूल वातावरण नभएको भन्दै लोकतान्त्रिक शक्तिहरु सतर्क र जागरुक भएर अघि बढनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता पौडेलले एकदलीय निरङ्कुशतालाई लिएर देशमा परिवर्तन गर्ने सोच भएका राजनीतिक शक्तिले आफूलाई बहुदलसँग जोडेर अघि बढ्दा विरोधाभास उत्पन्न भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधान निर्माण गर्दा पनि ठूलो विरोधाभास भएको थियो, छ वर्षसम्म त्यसैमा लड्नु प¥यो । कम्युनिष्ट पार्टीका मन मस्तिष्कमा एक दर्शन छ, त्यसबाट प्रेरित भएर त्यहीअनुसार संविधान दिन चाहने तर अर्कोतिर लोकतन्त्रका लागि ठूलो सङ्घर्ष भएको र त्यसअनुसार संविधान बनाउनुपर्ने अवस्था थियो ।”आफूले लोकतन्त्रको मान्यतालाई बचाउन प्रत्येक धारामा बहस गरेर लड्नु परेको नेता पौडेलले स्मरण गर्नुभयो । संविधानसभाको बनावटअनुसार लोकतान्त्रिक संविधान आउने अवस्था नभएको परिस्थितिमा काँग्रेसको ठूलो प्रयासले नेपालको संविधानमा लोकतान्त्रिक मूल्यमान्यता उल्लेख गर्न सफल भएको उहाँको भनाइ थियो ।

“संविधान कार्यान्वयन गर्ने बेलामा फेरि लोकतन्त्रमा विश्वास नभएका शक्तिहरुको हातमा सत्ता गयो । उनीहरु कानून बनाएर आफूले चाहेको दर्शन र सिद्धान्ततिर देशलाई लान प्रयत्न गरिरहेका छन्” उहाँले भन्नुभयो, “सबै लोकतान्त्रिक शक्ति एकजुट भएर खबरदारी गर्नुपर्छ । संविधान र जनताको मान्यता एकातिर तर उहाँहरुको चाहना अर्कोतिर छ, त्यसैको द्वन्द्व हो अहिले ।”नेता पौडेलले काङ्ग्रेस पार्टीलाई पद्दतिमा अघि बढाउन र आवधिक आन्तरिक निर्वाचनका लागि पनि लडाइँ गर्नुपरेको बताउँदै पार्टीमा भागबन्डा नभई शक्ति बाँडफाँट गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डेले नागरिक अधिकार सङ्कुचन गर्ने कुनै पनि विधेयक आफूहरुलाई मान्य नहुने बताउँदै त्यसविरुद्ध सदनमा सशक्त प्रतिवाद गर्दैआएको जानकारी गराउनुभयो । उहाँले यसबारेमा प्रेस जगत्ले पनि समयमै खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रतिबन्धात्मक वाक्यले संविधानका मौलिक हकलाई सङ्कुचन गर्नेसक्ने खतरा रहेको आंँल्याउनुभयो । नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेलले उक्त कार्यपत्रमाथि टिप्पणीमा देशमा प्रतिपक्षी दल छैन भन्ने मानसिकताले वर्तमान सरकार अघि बढेको बताउँदै नागरिकका अधिकार कटौती हुने विधेयकमा विपक्षी दलले सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रमिक आन्दोलनका नाममा सत्तामा पुग्ने कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि श्रमिकका संरचनालाई कमजोर बनाउन लागेको आरोप लगाउनुभयो । फ्रिड्रिक इबर्ट स्टिफ्टुङका कार्यक्रम निर्देशक डा चन्द्रदेव भट्टले लोकतन्त्र सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्ति बलियो हुनुपर्ने बताउँदै अहिले नागरिक समाजको उपस्थिति कमजोर देखिएको बताउनुभयो । कार्यक्रममा युनियनका संस्थापक तथा संविधानसभा सदस्य डा शोभाकर पराजुली, युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेललगायतले संविधानको भावना र मर्मविपरीत अघि बढाइएका कुनै पनि विधेयक आफूहरुलाई मान्य नहुने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com