ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी


admin
माघ १४, २०७६ मंगलबार  १ : ४६ बजे

अफगानिस्तान,१४ माघ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।

तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले पनि सो भनाइ सत्य नरहेको बताएका छन् ।घाज्नीमा सोमबार दुर्घटनामा परेको विमान अमेरिकी यात्रुबाहक विमान थियो वा सैनिक विमान भन्ने बारेमा भने कुनै जानकारी दिइएको थिएन ।

अफगानिस्तानको स्थानीय समयानुसार सोमबार दिउसो १ बजेर १० मिनेट जाँदा घाज्नी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी गराएका छन् ।अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मङ्गलबार ट्वीट गर्दै तालिबान संगठनका लडाकूहरुले सोमबार घाज्नी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन् ।

उनले आफ्नो संगठनका प्राविधिक लडाकूहरुले क्षेप्यास्त्रका माध्यमबाट सो विमान खसालेको बताएका छन् । उनले भने उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरु रहेका बताएका छन् ।सो विमानमा ती सबै अधिकारीहरु मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिनुभएको छ । उहाँले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारीहरु मारिएका छन् र उनीहरुको शव विमान खसेको वरपर छरिएर रहेका छन् भनी ट्वीटरमा लेखेका छन् ।

तर पनि उनको सो भनाइको अमेरिकाले भने खण्डन गरेको छ । सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिबानहरुले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरुको भनाई छ ।अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताउनुभयो ।

उहाँले उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ तर पनि तालिबान या अरु कुनै पनि बाह्य कारणले खसालिएको भनी गरिएका दाबीहरुमा कुनै सत्यता छैन– उहाँले बताउनुभएको छ ।सोमबार नै सो दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको स्थानीयले बताएका थिए । उनीहरुले विमानको आगो निभाउने प्रयास गरिरहेको पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिएको थियो । गजनी अफगानिस्तानको पूर्वी प्रान्त हो । उक्त प्रान्तमा तालिवान विद्रोहीको प्रभाव रही आएको छ । सोमबार केही विदेशी सञ्चारले विद्रोहीको प्रभाव बढी रहेका कारण उक्त क्षेत्रमा पुग्न सुरक्षा अधिकारीलाई पनि कठिनाई भएको बताइएको थियो ।द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान र त्यसको सुरक्षा पनि विशेष किसीमको हुने गर्दछ भनिन्छ । भौगोलिक विकटताका कारण यहाँ धेरै दुर्घटनाहरु हुने गरेको पनि पाइन्छ ।

अफगानिस्तानमा सन् २०१० मा पामिर एयरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो ।विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । त्यसयता पनि यहाँ साना विमानहरु र हेलिकोप्टरहरु दुर्घटनाग्रस्त भएका छन् । यस पटकको यस विमानमा भएको क्षतिको बारेमा केही बताइएको छैन । सुरक्षा अधिकारीहरुले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com