ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका पम्पहरु स्थानान्तरणबारे के भन्छन् सरकार र व्यवसायीहरु ? (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं,  १४ माघ । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न सरकारले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ ।

नेपाल आयल निगमले सडक मापदण्ड नपुगेका १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पनि पठाई सकेको छ । तर पम्प सञ्चालकहरुले भने सरकारको यो निर्णय जिम्मेवारबिहिन भएको र निर्देशन अनुसार पेट्रोल पम्पहरु स्थानान्तरण गर्न असम्भव रहेको बताईरहेका छन् । उनिहरुले व्यवसायीसंग कुनै छलफल नै नगरी सरकारले एकलौटी निर्णय गरेर अन्यौलमा पारेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार उपत्यकाका १८ पेट्रोल पम्पहरु हटाईदै छ । अब पेट्रोलियम पदार्थ बिक्रेताहरुले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनरुपको संरचना निर्माण गर्नुपर्ने हुन्छ भने सरकारले तोकेको मापदण्डअनुसार नै बिक्रिवितरण गर्नुपर्ने हुन्छ ।

धेरै वर्षअघि खोलिएका पेट्रोल पम्पहरु अहिलेका मापदण्ड अनुरुप नभएको भन्दै सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्देशनले व्यवसायीहरु अलमलमा परेका छन् ।

भएका पेट्रोल पम्पहरु कहाँ सार्ने ? कहिलेसम्म सार्ने ? र सो अवधिभर पेट्रोलियम पदार्थको बिक्रिवितरण के कसरी गर्ने ? भन्ने विषयमा व्यवसायी र निजी क्षेत्र रणभूल्लमा छन् । २०७५ को विनियमावली अनुरुप पेट्रोल पम्पहरु स्थानान्तरणको विषय असम्भव जस्तै भएको नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव विश्वप्रसाद अर्याल ले बताए । उनले विकल्पबिना नै सरकारले गरेको यो निर्णय गैरजिम्मेवारपूर्ण रहेको आरोप लगाए ।

विनियमावली २०७५ अनुसार एक पेट्रोल पम्पबाट अर्को पेट्रोल पम्पको दुरी कम्तीमा ३ सय मिटरको हुनुपर्नेछ । बिक्रिवितरण गरिने स्थानमा पक्की भवन, स्थानको तीनैतर्फ १ दशमलव २० मिटरको अग्लो पर्खाल र पर्खालमाथी शून्य दशमलव ९० मिटरको चेनलिङ्ग फेन्सिङ गरेको हुनुपर्नेछ ।

बिक्रीस्थलमा अग्नि सुरक्षा, शौचालय, अपांगमैत्री तथा अन्य विविध व्यवस्था गर्नुपर्ने नियमहरु पनि समेटिएका छन् । स्मार्ट तथा नमुना पेट्रोल पम्पहरुको अवधारणा राम्रो भएपनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण छ । यसबारे हाल सरकार र व्यवसायीबीच विवाद सिर्जना भएको छ । व्यवसायी लगायत सरोकारवालाहरुसँग छलफल गरेरै यो विनियमावली पारित गरिएको नेपाल आयल निगमले निर्धक्कपूर्वक भनिरहेको छ । व्यवसायीहरुले भने यस विषयमा आफूहरुसँग कुनै छलफल र बहस नै नभएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

उपत्यकाको पेट्रोल पम्पहरु स्थानान्तरणको विषयमा निकै किचलो उत्पन्न भईरहेको छ । यद्दपी, बस्ती–बस्तीबीचमा रहेका धेरैजसो पम्पहरु सुरक्षित भने देखिदैन ।

मापदण्डविपरितका यस्ता पम्पहरुलाई स्थानान्तरण गर्ने निर्णयलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर समाधानको उचित मार्ग तयका लागि सरकार र व्यवसायीबिच सहकार्य र समन्वय हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com