काठमाडौं, १४ माघ । आज (मंलबार) संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको रुपमा आज प्रतिनिधि सभाको पहिलो बैठक सञ्चालन गर्नुहुने छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई दलीय आधारमा सांसदहरुले बधाई तथा शुभकामना दिने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्