काठमाडौँ, १४ माघ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चार हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।
सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ ।
वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान जस्तै भएको छ । खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ एम्बुलेन्स दौडिएको देख्न सकिन्छ ।
चीन सरकारले शङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालनमा प्रतिबन्ध लगाएको छ । चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्रतिबन्ध लागू हुनेछ । चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण चीनबाहिर कसैले पनि ज्यान गुमाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्