
काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । सापकोटा हिजो प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । सपथ ग्रहणपछि आजै सापकाटोले सिंहदरबारस्थित संसद सचिवालयको कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने सम्हाल्नुुहुनेछ ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।
गत असोजदेखि रिक्त रहेको सभामुख पदमा चार महिना पछि हिजो सभामुख चयन गरेको थियो । संसदको हिउँदे अधिवेशन सुरु भएको ३८ दिनपछि पसभामुख चयन भएपछि अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ ।









प्रतिक्रिया दिनुहोस्