काठमाडौं, १२ माघ । स साना बालबालिकाहरूको क्याटवाकले हलका दर्शकहरूलाई मन्त्रमुग्ध पार्दै ११औ लिटिल च्याम्पीयन इन्टरनेशनल २०२० माघ ११गते सम्पन्न भएको छ ।
मोनिङ ग्लोरी इन्टरटेनमेन्टले सञ्चालन गर्दै आएको यस प्रतियोगितामा चार देखी चौध वर्षका बीस जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा मिनि, जुनियर र सिनियर क्याटागोरीमा क्रमश प्रिन्सा बाटी,सुप्रिया नगरकोटी र रिकेश खत्री उत्कृष्ट छानिएका थिए । मोनिङ ग्लोलरीका प्रबन्ध निर्देशक मोहना मोथे खनालका अनुसार बिजेता भाई बहिनीले ईजिप्टमा हुने कन्टेस्टमा सहभागिता जनाउने छन ।
२०१९ मा ईजिप्टमा भएको मिनि मोडल प्रतियोगितामा नेपालकी ५ बर्षिय प्रिन्सा खडका उत्कृष्ट भएकी थिईन । खनालका अनुसार नेपाली बालबालिकाहरूले आफ्नो प्रतिभालाई स्वदेशमा मात्र नभई अन्तराष्ट्यि स्तर सम्म पुर्याउन सक्ने थलोको रूपमा लिटिल च्याम्पियनलाई लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्