काठमाडौं, १२ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण सोमबार बिहान ११ हुने भएको छ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुहुने छ । उहाँआइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
शपथ ग्रहणपछि भोलि नै उहाले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने समाल्नु हुने छ ।
प्रतिक्रिया दिनुहोस्