
काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटाले संसदको ओज गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
सभामुख निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताउनुभएको हो ।
आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिनुभएको थियो जवाफमा उनले तटस्थ भएर संसदको गरिमा कायम राख्ने प्रतिवद्धता जनाउनुभएको हो । ‘लोकतन्त्रको मूल्यमान्यता, आदर्शलाई कायम गर्ने गरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित, भूमिका ‘निर्वाह गर्नका लागि म सँधैभरी दत्तचित्त भएर रहन्छु । इमानदारितापूर्वक लाग्छु’ सापकोटाले भन्नुभयो ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निवार्चित गरेको हो । नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो भने, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्