ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु


एबीसी न्यूज

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सञ्चालनका लागि एसपी चतुर्बेदी आफैं खटिएको छ।

‘विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै लागूऔषधको कुलतमा फस्दै जान थालेपछि विद्यालय सचेतना कार्यक्रम सुरु गरेका हौं’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले भने, ‘यसलाई वर्षभरी निरन्तरता दिन्छौं।’ प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षमा विभिन्न विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थी लागूऔषधसहित पक्राउ परेका थिए। उनीहरु सबै सातदेखि १० कक्षासम्म अध्ययनरत थिए।

‘पक्राउ परेका ति विद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शपछि अभिभावकको जिम्मा लगाएका थियौं’ एसपी चतुर्बेदीले भने, ‘विद्यार्थीमा लागूऔषधको कुलत बढ्दै गएको देखिएपछि यो अभियान सुरु गरेका हौं ।’ प्रहरीले लागूऔषध दुर्व्यसन , यसबाट हुने असरहरु, लागूऔषध नियन्त्रण ऐन–२०३३, लागू पदार्थको दुरुपयोग, दुर्व्यसनी, लागूऔषधका प्रकार, हुने सजायलगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com