काठमाडौं, १२ माघ । स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भएको प्रहरीले जनाएका छ ।
उक्त एम्बुलेन्सबाट ३० किलो गाँजासहित प्रहरीले चालकसहित ३ जनालाई पक्राउ गरेको लाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भातर बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेको जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौर जानकारी दिनुभयो ।
उनीहरुलाई शनिबार साँझ पौन ७ बजे इलाका प्रहरी कार्यालय नेवारपानीले पूर्व पश्चिम राजमार्गबाट पक्राउ परेका हो। मनहरीबाट हटौडातर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई जाँच गर्दा ३ वटा झोलामा ६ वटा प्याकेट बनाएरु ३० किलो गाँजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र २ हजार २ सय भारु बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस्