ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिलान्यास भएको २१ वर्षपछि ६ अर्ब ९२ करोडको लागतमा संसद भवन बन्दै (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौं, १० माघ । सरकारले निर्णय गरेको २१ वर्षपछि सिंहदरबारस्थित पुतली बगैँचामा संघिय संसद भवन परिसरको निर्माण कार्य जारी छ । असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको भवन असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भई काम शुरु भएको हो ।

गत असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सिंहदरबार परिसरस्थित संघीय संसद भवन निर्माणको काम धमाधम भइरहेको छ । विक्रम संवत् २०५५ साल असार ८ गते तत्कालिन मन्त्री परिषदद्धारा सिंहदरबार भित्रको पुतली बगैचामा संसद भवन बनाउने निर्णय गरिएको थियो ।

तर, २१ वर्षपछि मात्रै संसद भवन बनाउने कामले गति लिएको हो । भवन निर्माणको जिम्मा शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण शुरु गर्न लागिएको संसद भवन सिंहदरबार पुतली बगैँचाको १७३ रोपनी ८ आना जग्गामा बन्न लागेको हो । करिब ६ अर्ब ९२ करोडको लागतमा बन्दै गरेको संसद भवन अत्याधुनिक बन्दै छ ।

संसद भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, प्रतिक्षालय, अति विशिष्ट व्यक्तिहरुका लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, सुरक्षाकर्मी भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७०० वटा सवारी साधन पार्किङको सुविधा हुनेछ । असोज १६ गते टुन्डी सेक जेभिसँग कबोल अंक ५ अर्ब ३ करोड मा सम्झौता गरी निर्माण कार्य प्रारम्भ भइसकेको छ ।

आफ्नो भवनको अभावमा हाल वानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा संसद चलिरहेको छ । वार्षिक १५ करोड भाडा तिरेर बैठक चलाइएको छ । २०६५ सालदेखि हालसम्म सबा अर्ब भन्दा बढी रकम भाडामै गइसकेको छ । मर्मत सम्भार र पानी, बिजुली लगायतका अन्य विविध शिर्षकमा पनि उत्तिकै खर्च हुने गरेको छ । हालसम्म वानेश्वरमा सरकारी रकम दुई अर्ब भन्दा बढी खर्च भइसकेको छ । बैठक बानेश्वरमा हुन्छ । समिति र संसदीय दलका कार्यालय सिंहदरबार भित्रका विभिन्न काठघर सञ्चालित छन् । भवन अभावमा समितीका कार्यालय स्थापना गर्न र बैठक सञ्चालन गर्न संसद सचिवालयलाई हम्मेहम्मे पर्ने परिरहेको छ ।

अब, संसद भवन परिसरलाई भवन क्षेत्र, खुल्ला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र बनाइनेछ । सबै भवनहरु वस्तुकला तथा डिजाइन स्थानिय वास्तुकला झल्किने खालको बनाईंदै छ । यहाँका संरचना भुकम्प, आगलागीजस्ता आपतकालीन अवस्थाबाट बचाउन सकिनेगरी बन्दैछन् । निर्माण कार्यको साढे ३ महिनामा निर्माण कम्पनीले करिब ५० करोड पेश्कि बुझिसकेको छ ।

विकास निर्माणका कामलाई तिव्रता दिने घोषणा गरेको सरकारले कयौँ आयोजनाहरुमा ध्यान पु¥याउन सकेको छैन । २१ वर्षपछि बल्ल निर्माण शुरु भएको भवन बनाउन समय लाग्नसक्ने आशंकाहरु पनि सरकारको निरिहता र ठेकेदारहरुको अटेरीका कारण स्वभाविक रुपमा गर्न सकिन्छ । तर भवन निर्माण विभाग भने कामको निरन्तर अनुगमन भइरहेको र निर्धारित समयमै सक्ने गरी काम गराईने बताउँछ ।

निर्णय गर्ने कार्यान्वयन गर्न नसक्ने सरकारले एउटा भवन शिलान्यास गर्न २१ वर्ष लगायो । निर्माण सम्पन्न गर्न कति समय लगाउला हेर्न बाँकी नै छ, समयसिमा भित्रै सकिनेछ भन्ने आशा गरौँ । केही दिन केहि महिना काम गरेर देखाउने, आधाउधी पैसा लिने र आयोजना अलपत्र पार्ने नेपालका निर्माण कम्पनी र ठेकेदारहरुको पुरानै बानी हो । यसमा सरकार सजग र सचेत बन्नुपर्छ । संसदीय प्रणाली र लोकतन्त्रको भाषण गरेर कहिल्यै नथाक्ने सरकार, सांसद र नेताहरुको आजसम्म एउटा संसद भवनसम्म नहुनु लज्जाको विषय हो । छिटोभन्दा छिटो संसद भवन बन्नुपर्छ । सरोकारवाला निकायले तिव्रताको साथ काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com