सुर्खेत, ९ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णालीबाट नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका हुन् । शर्माले तीनहजार ६१८ र विसीले तीनहजार ६८४ मत प्राप्त गरेका छन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एकहजार २६ मत प्राप्त गरे । कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ पालिकाका प्रमुखरउप–प्रमुख तथा अध्यक्षरउपाध्यक्ष १५८ गरी १९८ जना मतदाता रहेको कर्णालीमा १९५ मत खसेको थियो । तीन मत भने खसेको थिएन् ।
प्रतिक्रिया दिनुहोस्