ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा डायलासिसका बिरामीको बढे, मेसिन थप्न सेवाग्राहीको माग (भिडियोसहित)


admin
माघ ३, २०७६ शुक्रबार   १ : ४४   बजे

बाँके, ३ माघ । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा रहेका डायलोसिस मेसिन बिग्रीएका छन् । अस्पतालमा रहेका ४ वटा मध्ये २ वटा मेसिन काम नलाग्ने गरी नै बिग्रिएका हुन् । २ वटा डायलोसिस मेसिन बिग्रदा बिरामीहरुलाई समस्या हुने गरेको छ । भएका डायलोसिस मेसिन बिग्रीएपछि मृगौलाका बिरामीहरुलाई अस्पतालले सेवा दिन सकेको
छैन ।

आवश्यकता अनुसार डायलोसिस मेसिन नहुँदा भेरी अस्पतालले डायलोसिस गर्नुपर्ने नयाँ बिरामीहरुको सेवा दिन सकेको छैन् । अहिले अस्पतालले १३ जना डायलोसिस गर्नुपर्ने मृगौलाका बिरामीहरुलाई मात्र सेवा दिइरहेको छ । डायलोसिस गर्ने आवश्यक मेशन नहुँदा बिरामीहरु निजि अस्पताल तथा काठमाडौं र भारतीय अस्पतालमा समेत जाने गरेका छन् । अस्पतालका हेमोडायलासिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले डायलोसिस गर्न आएका धेरै बिरामीहरुलाई सेवा दिन नसकिएको बताउंछन् । अहिले अस्पतालमा दुई वटा मेसिन मात्र सञ्चालनमा आउँदा बिरामीहरुले पालो नपाउँदा महंगो शुल्क तिरेर निजी अस्पतालमा डायलोसिस गराइरहेको उनी बताउँछन् । बिरामीहरुको अवस्था हेरेर कम्तिमा हप्तामा दुई पटक डायलोसिस गराउनुपर्छ । श्रीमतीका दुवै मृगौला फेला भएका कारण डायलोसिस गराउन आएका बाँके खजुरा गाउँपालिकाका घनश्याम खत्रीले अहिले पुराना बिरामीहरुलाई समस्या नभए पनी नयाँ बिरामीहरुले भने सेवा नपाएको बताए । पहिले भएका ४ वटा मेसिनमध्ये २ वटा मेसिन बिग्रिएकाले पालो पाए पनि पहिलेजस्तो सहज नभएको खत्रीले बताए ।

करिब दुई वर्ष पहिले अस्पतालले सरकारबाट प्राप्त र आन्तरीक स्रोतबाट खरिद गरेका दुई गरी ४ वटा मेसिनबाट डायलोसिस सेवा सुरु गरेको थियो । ७ महिनायता सरकारले दिएका दुवै मेसिनहरु बिग्रीएका छन् । अहिले बिरामीलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सेवा प्रवाह गरिरहेको अस्पतालका हेमोडायलासिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले बताउंछन् । तीनै तहका सरकार तथा सरोकारवालाहरुसँग मेसिन थप्नको लागि छलफल गरे पनि सफल हुन नसकेको उनी गुनासो गर्छन् ।

भेरी अस्पताल संघिय सरकार अन्तरर्गत रहेकाले डायलासिस खरिदको लागि समस्या उत्पन्न भएको बताइएको छ । साविक मध्य तथा सुदुरपश्चिम क्षेत्रको सुविधासम्पन्न सरकारी अस्पतालको रुपमा चिनिएको भेरी अस्पतालमा नयाँ डायलासिस मेसिन खरिद गर्न सके बिरामीहरुलाई सास्ती कम हुने थियो की ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group